पोखरामा सौजन्य कृषि व्यापार मेला सुरु

  • पोखरा न्यूज
  • २०७२ पौष ८
पोखरामा सौजन्य कृषि व्यापार मेला सुरु

पोखरा, o८ पौष –

विना विभागीय मन्त्री शान्ता मानवीले देशमा आर्थिक क्रन्ती गर्न दलको अघिपछि भन्दा व्यवसायीक कृषि क्रान्ती गर्न आग्रह गरेकी छन । पोखरामा बुधबार देखि सुरु भएको सौजन्य कृषि व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री मानवीले देशको आर्थिक क्रान्ती गर्न राजनैतिक दलहरुको अघि पछि लागेर मात्र नहुने हुँदा आर्थिक समृद्धिको लागि व्यवसायीक कृषि पेशामा आत्मनिर्भर हुने गरी लाग्न आग्रह गरेकी हुन ।

मेला ३

उनले भनिन“ राजनैतिक दलका अघि पछि लाग्नु भन्दा तपाँई, युवाहरु देशको आर्थिक क्रान्ती अनि आर्थिक समृद्धिको लागि कृषि पेशामा लाग्नु पर्छ, अनि मात्र हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौं ।” कृषिलाई नयाँ ढंगले उत्पादनशिल, व्यवसायीमुखि बनाउन निजी क्षेत्रसंग सरकारले सहकार्य गर्दै अघि बढ्ने उनले बताईन । उनले थपिन “हाम्रो देशमा ६६ प्रतिशत कृषकहरु भए पनि हामी कृषिमा आत्मनिर्भर बन्न सकेका छैनौं, अहिले भारतले नेपाल माथि नाकावन्दी गर्दा हाम्रो अबस्था जुन भयो, त्यो हामी परनिर्भरता भएका कारणले गर्दा हो । ” एक व्यत्तिबाट सुरु गरी घर, परिवार, समुदाय, टोल जिल्ला र क्षेत्र हुदै राष्ट्र नै कृषिमा आत्मनिर्भर हुने गरी नयाँ ढंगले अघि बढ्नुको विकल्प नभएको बताएकी मन्त्री मानवीले जग्गा धितो राखेर विदेश जानु भन्दा स्वदेशमै केहि गर्न युवाहरुलाइ आग्रह गरीन । उनले भनिन “ देशको राजनैतिक अबस्था र जलवायु परिर्वतनका कारणले गर्दा पनि कृषि क्षेत्रमा कृषकहरुले उत्पादन गरेको अन्नवालीले उचित मुल्य पाउन सकेका छैनन, यसलाई अब सरकारले उत्पादन गरेको बस्तुहरुको उचित मुल्य दिने गरी गृहकार्य समेत सुरु गरेको छ ।” भारतले नेपाल माथि गरेको नाकावन्दीले नेपालीलाई कृषि क्षेत्रमा आत्मर्निभर बन्नु पर्छ भन्ने सन्देश दिदै झापड हानेको उनको भनाई थियो । विश्वमै उत्कृष्ट संविधान बनाएको अबस्थामा छिटफुट विरोध हुनुलाई उनले स्वभाविक भएको बताउदै अधिकार खोज्नेले पहिला कर्तव्य पालना गर्न आग्रह गरीन।

मेला 4
अखिल नेपाल किसान महासंघका सचिवालय सदस्य डिबी कार्कीले कृषकको लागत मुल्य अनुसार उनीहरुले उत्पादन गरेको बस्तुको उचित मुल्य नभएको कारणले गर्दा पनि कृषिमा नेपाल आत्मनिर्भर बन्न नसेको बताए । उनले भने “हाम्रो देश नेपालले बार्षिक रुपमा ६ अर्व मासु र ४ अर्व खाने कुराको आयात गर्ने गरेका छौं, यो अबस्थामा हामी कृषि क्षेत्रमा आत्मर्निभर बन्नु पर्दछ ।” क्षेत्रिय कृषि निर्देशनालयका निर्देशक वेनिबहादुर बस्नेतले निजी क्षेत्रको कृषि प्रवद्र्धनको लागि यस्ता मेलाले थप सहयोग पुराउने बताउदै कृषि प्रवद्र्धनमा सरकारले कृषिकहरुलाई सहयोग पुराउदै आएको उनले बताए ।

एमालेका नेता पुण्य पौडेलले कृषकहरुले उत्पादन गरेको बस्तुको सरकारले उचित मुल्य निर्धारण गर्न नसक्दा कृषकहरु मर्कामा पर्दै आएको दाबी गरे । नयाँ शक्ति अभियानका सदस्य जितबहादुर गुरुङले कृषकले उत्पादन गरेको बस्तुलाई सरकारले ग्यारेन्टीका साथ मुल्य दिनु पर्ने बताए । राज्यले मुल्य सुचि
दिनु पर्ने बताएका गुरुङले कृषि क्षेत्रमा धेरै लगानी गर्नु पर्ने बताए ।

मेला१
विनायक टोल विकास संस्थाका अध्यक्ष नरबहादुर भण्डारीले यस्ता मेला महोत्सवले कृषकहरुले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य पाउने बताए । पाँच दिनसम्म चल्ने मेलामा दैनिक उपभोग्य बस्तु तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरको प्रस्तुतीले भरपुर्ण रुपमा मनोरन्जन दिने भएको सौजन्य कृषिबजार प्रा.लि.का अध्यक्ष अमरबहादुर के.सी.ले बताए ।

पाँच जना युवा व्यावसायीहरुको लगानीमा कृषि उत्पादनलाई बजारीकरण गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न हालै संचालनमा ल्याएको सौजन्य कृषि बजारलाई झन प्रवद्र्धन गर्न यही पुष १३ गतेसम्म मेलाको आयोजना गरीएको कार्यक्रम संयोजक सन्तोस आचार्यले बताए । तरकारी, फलफूल, लक्ताकपडाको होलसेल तथा खुद्रा सस्तो बजारको रुपमा स्थापना गरीएको उक्त बजारमा ९५ वटा स्टलहरु रहेको अध्यक्ष के.सी.ले जानकारी गराए । पोखरा क्षेत्रसंगै जोडिएका ग्रामिण भेगमा उत्पादन भएका कृषि अन्नवालको बजारीकरण गर्न पनि आफुहरुले सो क्षेत्रमा कृषिबजार संचालनमा ल्याएको केसीले जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस