चिडियाखाना निर्माणका लागी युनाइटेड क्लवद्धारा ५ लाख ५० हजार प्रदान

पोखरा, ०८ पौष –
युनाइटेड क्लव पोखराले चिडियाखाना निर्माणका लागी चिडियाखाना निर्माण सरोकार समितीलाई रकम हस्तान्तरण गरेको छ । स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा आयोजना गर्दै आएको पोखरा महोत्सवको पांचौ संस्करणबाट छुट्याइएको रकम मध्ये ५ लाख ५० हजार रुपैया बुधवार एक कार्यक्रमका बीच पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितीलाई हस्तान्तरण गरेको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यले अगाडी वढेको युनाइटेड क्लवले स्थापनाकालबाट शुरु गरेको महोत्सवदेखि पांचौ संस्करणको महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया प्रदान गरिसकेको छ । बुधवार सम्पन्न कार्यक्रममा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल , क्लवका सचिव लालकाजी गुरुङ र कोषाध्यक्ष राजु श्रेष्ठले पोखरा चिडियाखाना निर्माण समितीका कोषाध्यक्ष दामोदर भक्त थापालाई संयुक्त रुपमा ५ लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण कार्यक्रममा वोल्दै पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितीका कोषाध्यक्ष दामोदर भक्त थापाले पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माणका लागी क्लवले प्रदान गरेको रकमलाई चिडियाखाना निर्माणको खातामा जम्मा गरिने वताए । यस अघि जिल्ला बिकास समितीमा राखिएको रकमलाई समेत राष्ट्रिय वाणिज्य बैक तालचोक शाखामा रहेको चिडियाखानाको खातामा जम्मा गरेको र यो रकमलाई पनि सोही खातामा जम्मा गरिने उनको भनाइ रहेको थियो । छैठौ संस्करणको पोखरा महोत्सवलाई समितिले सहयोग गर्ने समेत उनको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्दै युनाइटेड क्लवका सचिव लालकाजी गुरुङ र कोषाध्यक्ष राजु श्रेष्ठले आफुहरु छैठौ पोखरा महोत्सवको पूर्व सन्ध्यामा चिडियाखाना निर्माण सरोकार समितीलाई रकम हस्तान्तरण गर्न पाउदा खुसी लागेको वताउदै पोखरामा चिडियाखाना निर्माणका लागी क्लव लागी परेको उनीहरुको भनाइ रहेको थियो । त्यस्तै आगामी पुस ३० देखि हुने छैठौ संस्करणको पोखरा महोत्सवलाई सब्य र भब्य बनाउनका लागी सहकार्य गर्न समेत चिडियाखाना निर्माण सरोकार समिती र चिडियाखाना निर्माणका लागी लागीपरेका लेखनाथका सामुदायिक बनहरुलाई उनीहरुले आग्रह गरेका छन ।
कार्यक्रममा वोल्दै युनाइटेड क्लवका अध्यक्ष्ँ तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण सरोकार समितीका अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको सुरुवात नै शिक्षा, स्वास्थ्य, खेलकुद र नया पर्यटकीय गन्तब्य पोखरामा चिडियाखाना निर्माण भनेर गरिएको र अहिले सम्म आइपुग्दा १५ लाख रकम जम्मा गर्न आफुहरु सफल भएको वताए । आगामी पुस ३० देखि माघ १० गते सम्म अमरसिंह चौरमा हुने छैठौ संस्करणको महोत्सवबाट पनि २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागी छुट्याइने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा पचभैया सामुदायिक बन उपभोक्ता समिती लेखनाथका अध्यक्ष मोहन बहादुर घिमिरे, रुपाताल संरक्षण समितीका पदाधिकारी तथा युनाइटेड क्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।