पोखरामा बसको ठक्करबाट एक युवाको मृत्यु
पोखरा, ०९ पौष –
सवारी दुर्घटनामा परी पोखरामा एक युवाको ज्यान गएको छ ।
पोखराको फिर्केखोलामा वसको ठक्करले घाईते हुन पुगेका स्कुटर चालक २८ बर्षीय दुर्गाराम पराजुलीको उपचारको क्रममा हिजो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्चलवोटबाट जिरोकिमी तर्फ जादै गरेका पर्वत घर भएका ग ८ प १७११ नम्वरको स्कुटर चालक पराजुलीलाई विपरित साईडबाट आएको ना ४ ख ४७५१ नम्वरको वसले ठक्कर दिदा पराजुली गम्भीर घाईते भएका थिए । वस चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।