महान पर्व रबीउल् औवल् पर्व पोखरामा पनि धुमधामका साथ मनाइयो

  • पोखरा न्यूज
  • २०७२ पौष ९
Post Thumbnail

पोखरा, ०९ पौष –
हजरत मुहम्मद सल्लल्लाहो अलैही व सल्लम को १४ सय ९० औं शुभजन्मत्सव एवं मुस्लीमहरुको महान पर्व रबीउल् औवल् पर्व पोखरामा पनि धुमधामका साथ मनाइएको छ ।

यस पर्वको अवसरमा तीन दिने कार्यक्रमका साथ पोखरा क्षेत्रका मुस्लीम समुदायहरु एकै ठाँउमा भेला भई हर्स उल्लाहासका साथ धुमधामसंग पोखरामा पनि पर्व रबीउल् औवल् पर्व मनाइएको मुस्लीम धार्मिक संरक्षण सेवा समिति, पोखराका सराफत अलिमियाले बताए ।

उक्त पर्वको तेश्रो दिन आज विहिबार धार्मिक पुजाआजा सहित धार्मिक गुरुबाट प्रवचन सुनाउने कार्यक्रम रहेको अलिमियाले बताए । उनका अनुसार रबीउल् औवल् पर्वको पहिलो दिन मंगलबार महिलाहरुको भेटभाट तथा शुभकामना आदान प्रदान सहितको कार्यक्रम आयोजना भएको थियो भने दोश्रो दिन बुधबार अन्तर जातिय, अन्तर धार्मिक ऐतिहासिक सम्वन्धलाई झन प्रगाढ पार्न सामाजिक एकता, ऐतिहासिक सम्वन्धलाई सुद्धृढ पार्न पनि एक आपसमा शुभकामना आदन प्रदान कार्यक्रम राखिएको अलिमियाले बताए ।

पोखरा क्ष्ोत्रमा करीब ५ हजार जना मुस्लीम समुदायका व्यक्तिहरुको बसोबास रहेको छ भने उनीहरुले उक्त पर्वको अवसरमा पोखरा १३ मियापाटनमा रहेको ईद गाहामा भेटघाट गरी रबीउल् औवल् पर्व मनाएका हुन । मुस्लीम समुदायका व्यक्तिहरुले यो पर्वलाई आफ्नो गक्ष अनुसार मिठो मसिनो तथा राम्रो लुगाउने गर्दछन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस