पोखरा, ०९ पौष –
सामाजिक जागरणका लागि नारी अभियान कास्कीले शुक्रबार आयोजना गर्न लागेको उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको छ ।
तराई आन्दोलन तथा नाकावन्दीका कारण दैनीक उपभोग्य वस्तु तथा इन्धन तथा ग्यास लगायतका सामाग्री अभाव तथा कृतीम अभाव सृजना गरी सृजीत कालोवजारी नियन्त्रणका लागी थालीएको अभियान अन्तरगत आयोजीत कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको कार्यक्रम संयोजक अञ्जु केसीले जानकारी दिएकी छिन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, अधिकारकर्मी माधव पहारी, अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता तथा पत्रकार सुष्मा पौडेलले प्रशिक्षण दिने छन् भने उद्घाटन सत्रमा क्षेत्रिय प्रशासक केदारवहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी हरीहर मैनाली, पोखरा उपमहानगर पालीकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रमुख हरी पाल, क्षेत्रिय मानव अधिकार आयोगका क्षेत्रिय प्रमुख सम्झना शर्मा लगायतका वक्ताहरु रहेका छन् ।
कार्यक्रम पश्चात महिलाहरुलाई उपभोक्ता अधिकार संरक्षण तथा अनुगमन समिति समेत निर्माण गरिने कार्यक्रम रहेको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् । होटेल कान्तिपुर लेकसाईडमा विहान ११ वजे आयोजित कार्यक्रममा ७० जना सहभागि हुने छन् ।





