पोखरामा भोलि शक्ति ग्यास बाडिने – विवरण सहित

पोखरा, ०९ पौष –

कास्की जिल्लामा शुक्रबार शक्ति को ३ हजार ९ सय २० खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार शक्तिको २  हजार ९ सय ३० पोखरा उपमहानगरपालिका  क्षेत्रमा र शक्तिको ९ सय ९० लेखनाथ नगरपालिका  क्षेत्रमा आधा ग्याँस सिलिण्डर कास्की  सो क्षेत्रमा ३४ वटा ग्याँसका डिलरबाट  वितरण हुने भएको हो ।

कास्की जिल्लामा शक्तिको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा मिति २०७२।९।१० गते विहान ११ बजे  वितरण गरिदैछ-

latest gas

latest gas 2
यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button