मुक्तिनाथका मृतक कर्मचारी त्रिपाठीका परिवारलाई बिमा रकम हस्तान्तरण

  • पोखरा न्यूज
  • २०७२ पौष ९
Post Thumbnail

पोखरा, ०९ पौष –
दुर्घटनाबाट ज्यान गुमाएका मुक्तिनाथ विकास बैंक हेमजा शाखाका कर्मचारी कृष्णप्रसाद त्रिपाठीका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

बैंकले प्रिमियर इन्सुरेन्समा आफ्ना कर्मचारीको दुर्घटना बिमा गराएको थियो । बिमा बापतको १२ लाख रुपैयाँ बैंकका सञ्चालक चुडामणि कँडेल, प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, सहायक महाप्रवन्धक तिलबहादुर गुरुङ्ग र प्रिमियर इन्सुरेन्स कम्पनी पोखराका शाखा प्रमुख रामबिक्रम अधिकारीले संयुक्त रुपमा मृतक त्रिपाठीका श्रीमती संगिता सुवेदीलाई हस्तान्तरण गरे ।

बैंकले कर्मचारीको दुर्घटना बिमा गराएकाले ज्यान गुमाएका त्रिपाठीका परिवारलाई केही राहत भएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । ‘जुनसुकै समयमा दुर्घटना हुनसक्ने भएकाले कर्मचारीको हितलाई मध्यनजर गरेर बैंकले बिमाको व्यवस्था गरेको हो,’ उनले भने, ‘बिमा बापत प्राप्त रकमले कर्मचारीमा आश्रित परिवारलाई राहत भएको छ ।’ बैंकले आगामी दिनमा पनि मृतक त्रिपाठीका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मृतक कर्मचारीका अभिभावक रामचन्द्र त्रिपाठीले उक्त रकमबाट परिवारको जीविकोपार्जन र छोराछोरीको लालनपालनमा सहयोग पुग्ने बताए ।

बैंकले कर्मचारीको सामुहिक दुर्घटना बिमा गराए बापत त्रिपाठी परिवारलाई १२ लाख रूपैयाँ हस्तान्तरण गरिएको प्रिमियर इन्सुरेन्सका शाखा प्रवन्धक अधिकारीले बताए । त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएको डेढ महिना पुगेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस