लायन्स टुरिजम सिटीको मधुमेह सचेतना कार्यक्रम सम्पन्न

पोखरा, ०९ पौष –

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा मधुमेह सम्बन्धि सचेतना, परामर्श तथा निशुल्क परिक्षण कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ । हिमालयन ड्रग कम्पनी तथा सञ्चो मेडिकल हलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १ सय १० जना ब्यक्तिले मधुमेह सम्बन्धि निशुल्क परिक्षण गरेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर बिनोद पौडेलले मधुमेहबाट बच्ने उपाय, लागेपछि देखिने लक्षण, दैनिकीमा गर्न पर्ने सुधार, रोगका बारेमा प्रचलित भ्रम र यथार्थका बारेमा सचेतना प्रदान सामाग्री प्रस्तुत गरेका थिए । उनले रोग लाग्न भन्दा लाग्न नदिन नै बेश भन्दै यसले शरिरका प्रत्यक अंगमा असर पुर्याउने हुँदा खानपान र शारारिक ब्यायाममा गंभिर बन्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी पिएमसिसि लायन प्रेमबहादुर श्रेष्ठले सवारीसाधनको इन्जिन बिग्रने डरले मिसावटयुक्त पेट्रोलियम पद्धार्थ नराखे जस्तै शरिरलाई अनावश्यक खाद्यबस्तु नखाने हो भने शरिरको इन्जिन पनि नबिग्रने बताए । उनले मानिस आफ्नो सामानमा जस्तै आफ्नो स्वास्थ्यमा पनि सजग भए रोग लाग्न बाट बच्न सकिने उपाए सुझाए ।

क्लबका अध्यक्ष लायन प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयन ड्रग्स कम्पनीका आरएम जयन्द्र सिंह राठौर, क्लबका प्रथम उपाध्यक्ष लायन सुदिप पौडेल, सचिब लायन सन्जय मल्ल, सहसचिब लायन किसन गिरी लगायतले बोलेका थिए । कार्यक्रम क्लबका सल्लाहकार लायन निरज पन्तको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा हिमालयन ड्रग कम्पनीले निशुल्क औषधी बितरण गरेको थियो भने कृष्ण पाण्डे, अमर तामाङ्ग, गोपाल बस्नेत र हरेन्द्र जोशीले प्राविधिकका रुपमा सघाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button