
पोखरा, १० पौष –
पोखरामा पुस ११ गते शनिवार(भोली) गर्न लागिएको १० वर्षपछि कर्ण दास एकल साङगितिक कार्यक्रमको तयारी पूरा भएको छ। लायन्स क्लव अफ पोखरा आदर्श चौतारीले गर्न लागेको सो कार्यक्रम पोखराको सभागृहमा हुदैछ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ क्लवका अध्यक्ष बासु कोइरालाले भने – कार्यक्रममा सहभागिताका लागि सवैलाई अनुरोध गर्दछौ। भुकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो।
पोखरामा १० वर्षपछि चर्चित गायक कर्ण दासको एकल साङ्गितिक कार्यक्रम गर्न लागिएकाले उनका स्रोता एवं शुभेच्छुकहरुको ठुलो संख्यामा सहभागिता रहने आयोजकको अपेक्षा छ।
कार्यक्रममा गायक कर्ण दासले जीन्दगीको के भरोसा, ठूला÷ठूला महल हैन लगायतका २० वटा बढि गित गाउँने बताइएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि १२ लाख ५५ हजार खर्च लाग्ने र १७ लाख ५० हजार रुपैया आम्दानी हुने अपेक्षा गरिएको छ। यसै वर्षको भदौमा गठन भएको क्लवले यसअघि बृक्षरोपण, पिस पोष्टर प्रतियोगिता, शुभकामना आदानप्रदान कार्यक्रम गरिसकेको छ। क्लवले यसवर्ष रक्तदान, विद्यालय सहयोग, क्यान्सर सचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने पनि जनाएको छ।





