पोखरामा शनिबार बाबा र राजधानिको ग्याँस वितरण गर्ने तयारी

  • पोखरा न्यूज
  • २०७२ पौष १०
पोखरामा शनिबार बाबा र राजधानिको ग्याँस वितरण गर्ने तयारी

पोखरा, १० पौष –
पोखरामा भोलि शनिबार बाबा र राजधानिको खाना पकाउने एल.पी. ग्याँस वितरण गर्ने तयारी भएको छ ।

बाबा ग्याँस पोखरा क्षेत्रका ८ वटा ठाँउबाट करीब एक हजार २ सय र राजधानि ग्याँय पोखराका दुई ठाँउ जरेवरको भण्डारी ट्रेडस् रामबजारको मिलनटोल क्षेत्रबाट करीब ५ सयग्याँस वितरण गर्ने तयारी भएको पोखराका अधिकृत विक्रेताहरुले जनाएका छन । चितवनबाट आज लोड भएर भोलिसम्म ग्याँस पोखरा आए पछि ग्याँस वितरण गरीने भएको एल.पी. ग्याँस विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष बालकृष्ण कोईरालाले बताए । उनका अनुसार पोखरामा शनिबार आएको ग्याँस यस अघि विक्रि गरेको प्रतिशतको आधारमा ग्याँस बिक्रेताले पाउने छन ।

उपभोक्ताहरुलाई भने लाईनमा बसेका आधारमा ग्याँस वितरण हुने भएको छ। कोईरालाका अनुसार पोखराको औधोगिक क्षेत्र, भद्रकालीचोक, रानीपौवा, बगालेटोल, जरेवर, अर्चलवोर्ट, मालेपाटन र हरीचोकबाट ग्याँस वितरण हुदै छ । सो क्षेत्रमा रहेका बाबा ग्याँसका डिपोहरुले ग्याँस वितरण गर्ने भएका हुन । जरेवर र रामबजार क्षेत्रमा गरी करीब ५ सय मात्र राजधानिको ग्याँस वितरण गरीने भएको राजधानि ग्याँसको पोखराका बिक्रेता नारायण दाहालले पोखराआर्थिक डटकम लाइ बताए ।

आज पोखरा क्षेत्रमा शक्तिको ग्याँस वितरण भएको थियो भने स्रोतका अनुसार १ – २ दिनमा पोखरामा बिक्रेताहरु मार्फत एच. पी ग्यास वितरण हुदै छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस