पोखरा, १० पौष –
खुद्रा व्यापार संघले ऐतिहासिक हरिहर गुफा सन्यास आश्रममा शुक्रबार सहयोग गरेका छन् । संघले आश्रममा रहेका माता, बटुक लगायतलाई कम्बल, आटाको पिठो, चिनि, चियापत्ति लगायतको सामाग्री हस्तान्तरण गरेको कार्यक्रमका संयोजक चुडामणि अधिकारीले जानकारी दिएका छन् ।
खुद्रा व्यापार संघ कास्कीका अध्यक्ष धनिराम बरालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा हरीहर गुफा सन्यास आश्रमका व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु बहादुर खत्री, खुद्रा व्यापार संघ कास्कीका उपाध्यक्ष चुडामणि अधिकारी र महासचिव मनोहर बहादुर के.सी. लगायतले आ–आफ्नो भनाइ राखेका थिए । आश्रममा रहेका माता तथा बटुकहरुले संघले चिसो मौसममा आफुहरुलाइ सहयोग गरेकोमा खुलेर प्रशंसा गरे । आफ्नो समस्याप्रति अझसम्म कसैको ध्यान पुग्न नसकेपनि संघले आफुहरुलाई सम्झिएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् । झण्डै १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएकोमा कार्यक्रम संयोजक अधिकारीले व्यक्तिगत नगद तीन हजार सहयोग गरेका थिए ।
कार्यक्रममा संघका सचिव होमनाथ पराजुली, कोषाध्यक्ष रुद्रनाथ अधिकारी, सह–कोषाध्यक्ष बालाकृष्ण च्वाई, सदस्य धन प्रसाद पौडेल, लेखा समिति सदस्य अनन्त नाथ अधिकारी, लोन उपसमिति सदस्य काशीराम सुवेदी लगायतको सहभागीता रहेको संयोजक अधिकारीले जानकारी दिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution