क्युपेक नेपाल घाचोक कमिटिले आफ्नो भवन बनाउने

पोखरा, १० पौष –

नेपाल ट्रेड युनियन महासंघ जिफण्टमा आवद्ध क्युपेक नेपाल घाचोक कमिटिले आफ्नो भवन बनाउने भएको छ । क्युपेकले एक बर्ष भित्रमा करीब ५ लाखको लागतमा ४ कोठे भवन निमार्ण गर्न लागेको जिफन्ट गण्डकी धौलागिरी अञ्चल कमिटिका अध्यक्ष मिना गुरुङले बताईन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसै विच सुक्रबार उक्त भवनको शिलन्यास तथा क्युपेक घाचोक कमिटिको बार्षिक भेला समेत आयोजना भएको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले कास्कीका ईन्चार्ज मानबहादुर जीसीले उक्त भवनको शिलन्यास तथा कार्यक्रमको उद्घाटन गर्दै आफुहरु सधै मजदुरहरुको पक्षमा भएको बताए ।

क्युपेक घाचोकका अध्यक्ष तिलाराम शर्मा दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्नपूर्ण संरक्षण आयोजना एक्यापका रविलाल पोखरेल, एमालेका राष्ट्रिय कमिटि सदस्य चन्द्रप्रसाद गु्रुङ, एमाले गाँउ कमिटिका अध्यक्ष केशवराज पोखरेल, सचिव कमल भुजेल, जिफन्ट गण्डकी धौलागिरी अञ्चल कमिटिका अध्यक्ष मिना गुरुङ लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button