पोखरा, १० पौष –
१४ वर्षिया अन्तिमा केसीले ‘क्रिशमस डे’को अवसर पारेर पोखराका २५ जना सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । परिवारसहित अमेरिकामा बस्दै आएकी केसीले उनीहरुसँगै खानपिन समेत गरिन् ।
जाडोको बेलामा सडक बालबालिकालाई निकै सास्ती हुने देखेपछि उनले उनीहरुलाई न्यानो कपडा बाँडेकी हुन् । ‘हामी न्यानो कपडा लाएर घरमा बस्दा त जाडोले सताउँछ भने सडक बालकालिकाको हालत त झन् कस्तो होला ?’ अन्तिमाले भनिन्–‘त्यसैले मैले उनीहरुप्रति सहयोगी हात बढाएकी हुँ ।’ कपडा वितरणको क्रममा उनलाई उनको आमा सुनीता केसीले विशेष सहयोग गरिन् ।
२ वर्षको सानो उमेरमा परिवारसहित अमेरिका पुगेकी अन्तिमा हाल ९ कक्षामा पढ्छिन् । अमेरिका गएपछि उनी नेपाल आएको यो दोस्रोपटक हो । उनले यस अगाडि पनि धेरैपटक सहयोगी हात बढाईसकेकी छन् । पछिल्लो पटक मात्रै उनले आफ्नो बुवाको जन्मस्थान प्यूठानको विद्यालयलाई सहयोग गरेकी थिईन् । अमेरिकामा पनि उनले नेपालमा सहयोग पठाउनका लागि विभिन्न च्यारिटिहरु गरिरहन्छिन् ।
‘बुवा आमाले पनि मलाई सहयोग गर्नका लागि सँधै उत्प्ररित गरिरहनुहुन्छ ।’ उनले भनिन्–‘त्यसैले म झन् उत्साहित छु । भविष्यमा म समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।’ उनका बुवा तिलक केसी पनि समाजसेवी हुन् । पछिल्लो पटक अमेरिकामा उनको बुवाले संचालन गरिरहेको संस्थाले भूकम्प पीडितहरुका लागि ठुलै रकम नेपाल सरकारलाई उपलब्ध गराएको थियो । उनले आफु पनि बुवाको कामबाट प्रभावित भएकोले संकटमा परेकाहरुलाई सहयोग गर्ने गरेको बताईन् ।
अमेरिकामा उनी नेपाली स्कुलमै पढ्छिन् । उनका बुवाले अमेरिकामा रहेका नेपालीहरुको बालबालिकालाई नेपाली भाषा र सँस्कार सिकाउनका लागि अमेरिकाको ‘विस्कोन्सिन’मा ‘नेपाल स्कुल’ संचालनमा ल्याएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution