पोखरा, १० पौष –
पोखरा—१९ मा बसोबास गर्ने पौडेल समुदायले आज कूल पूजा गरेका छन् ।
प्रत्येक ३-३ वर्षमा गरिने पूजा अन्तगर्त आज उक्त समुदायले कूलपूजा स्थल घार्मीको देउती पुज्नेमा वार्षिक पूजा गरि कूल देवतालाई सम्झिएका हुन् ।
पौडेल समुदायले आफ्ना पितृको उद्दार र सुख शान्तिको कामना गर्दै वैद्यिक विधि पूर्वक वार्षिक पूजा गरेको पूजा व्यवस्थपन समितिका सचिव बाबुराम पौडेलले जानकारी दिनुभयो । विहान उक्त समुदायले चाखो नितो गरि घरघरबाट धूप अछेता र टाँगा सहित पूजा स्थल देउती पूज्नेमा पुगेर पूजा गरेका थिए । सोही अवसरमा स्थानिय भजनमण्डली गायत्री र मनकामना आमा समुहले भजनकिर्तन समेत गरेर थिए ।
परापूर्वकाल देखि नै पौडेल समुदायले कूल देवतालाई खिर चढाएर पूजा आजा गर्ने प्रचलन छ । कूल पूजा गरेमा पितृ उद्धार हुने, जीवनका गरेका पाप मोचन भै सुख शान्ति प्राप्त गरिने, जनविश्वास रहेको छ ।