पोखरा, १० पौष –
सामाजिक जागरणका लागि नारी अभियानले कास्कीका विभिन्न क्षेत्रका महिलाहरुलाई उपभोक्ता हक अधिकार तथा अनुगमन सम्वन्धी एक दिने प्रशिक्षण दिएको छ ।कार्यक्रममा वोल्ने वक्ताहरुले कालोवजारी नियन्त्रणका लागि उपभोक्ताहरु च्नाखो हुनुपर्नेमा जोड दिए । साथै सम्वन्धीत संस्थामा उजुरी गर्ने संस्कृतीको विकास गर्नुपर्नेमा जोड दिदै महिलाहरु एपभोक्ता हक संरक्षण र अनुगमनमा अग्रसर वन्ने कार्यक्रमका सहभागीले निचोड निकालेका छन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रिय प्रशासक केदार वहादुर अधिकारीले महिलाहरुको जागरुकले समाज विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।उनले वजार अनुगमनमा मात्र होइन महिलाहरुको टिम विकास र निर्णयक तहमा दवाभ दिन समेत अग्रसर हुनुपर्नेमा जोड दिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले आफ्नो पहिलो कार्यक्रम भन्दै कास्की जिल्लाको शान्ति सुरक्षाका लागि आफुप्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । साथै अनुगमनका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा प्रशासनिक क्षेत्रवाट हुने कार्यहरुलाई छिटो छरितो र पार्दर्शी वनाउन लागी पर्ने भन्दै समाजिक जागरणका लागि नारी अभियानसँग सहकार्यात्मक सम्वन्ध वढाउने धारणा समेत व्यक्त गरे।
सामाजिक अभियन्ता सुष्मा पौडेलले संस्थाको उदेश्य र भावी कार्यक्रमका वारेमा प्रष्ट्याएकी थिइन् । पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय निर्देशक सम्झना शर्मा, जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख हरी पाल, अधिकारकर्मी माधव पहारी, अधिवक्ता सुरेन्द्र थापा मगर, शान्तिका लागि नागरीक समाजको सञ्जाल कास्कीका संयोजक सरला कुमारी पाण्डे लगायतले वोलेका थिए । कार्यक्रममा स्वागत मंतव्य कार्यक्रम संयोजक अञ्जु केसीले व्यक्त गरेकि थिइन् धन्यवाद मंतव्य सह संयोजक शान्ता पुरीले र कार्यक्रमको सञ्चालन कार्यक्रमका अर्थ संयोजक यमकला जिटिले गरेकी थिइन् ।
कर्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले उपभोक्ता हक अधिकार, अनुगमन र प्रशासनको भुमिकाका विषयमा, अधिकारकर्मी माधव पहारीले अनुगमनका वारेमा र सुरेन्द्र थापा मगरले ऐन हरुकावारेमा सहजीकरण गरेका थिए ।
कर्यक्रमका सहभागिहरुले तालीम उपयोगि रहेको भन्दै आगामी दिनमा महिलाहरुलाई पनि अनुगमन टिममा राखीनुपर्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै कार्यक्रममा अनुगमन र उपभोक्ता अधिकारका लागि २१ सदस्सीय टिम गठन गरीएको छ । साथै उक्त टिममा अन्य व्यक्ती समेत थप गरि दोश्रो चरणको तालीम दिइने र अनुगमनमा महिलाहरुको सक्रियता वढाइने निर्णय गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution