आहा ! रारा गोल्ड कप सफल पार्न मुल आयोजक समितिको बैठक सम्पन्न

पोखरा, ११ पौष –

सहारा क्लब पोखराको आयोजनामा खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्देश्यका साथ आगामी माघ ५ गते बाट १६ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुन लागेको मोफसलको बहुप्रतिक्षित एवं बहुचर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १४ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७२ लाई सफलतापूर्वक सम्पन्न गर्न गठित मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष एवं प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा बसेको बैठकमा विभिन्न संघसंस्था,जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधि,खेलप्रेमी,समाजसेवी क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग , संस्थापक अध्यक्ष बसन्त थकाली,पूर्व अध्यक्ष विक्रम थकाली,सल्लाहकार खेम बहादुर गुरुङ्ग,नागरिक समाजका प्रतिनिधि,लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । उपस्थिति व्यक्तित्वहरुले प्रतियोगिता समग्र पोखराको ईज्जत र प्रतिष्ठाको बिषय भईरहेको सन्र्दभमा आआफनो तर्फबाट सहयोग गर्न बचन राख्दै प्रतियोगितालाई भव्य एवं सभ्य रुपमा सफल पार्न विभिन्न सल्लाह सुझाब समेत व्यक्त गर्नु भएको थियो । सो बैठकमा सहभागी टिमहरु नेपालका ए डिभिजनका क्लब,विभागिय टिम,लिग विजेता थ्री स्टार,मनाङ्ग मस्याँङ्गदी लगायत विभिन्न १२ टीमहरुको बारेमा छलफल भएको थियो । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्नवर्गका १६ जिल्लाका २६ जना बालकहरुलाई निशुल्क शिक्षादिक्षा,स्वास्थ्य,फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने प्रतिबद्धता क्लबका अध्यक्ष वीरभद्र आचार्य ले व्यक्त गर्नुभएको थियो । हाल संरक्षित २६ जना बालकहरु क्लबद्धारा निर्मित सुविधासम्पन्न आवास गुह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा आश्रित छन ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन,रेडबुलको सह प्रायोजन,माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन,राष्ट्रिय खेलकुद परिषद-अखिल नेपाल फुटबल संघ-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति-जिल्ला खेलकुद विकास समिति कास्की-एन्फा,कास्की- सहारा यु.के.-सहारा हङ्गकङ्ग समेतको बिशेष सहयोग पावर्ड बाई नोभा दुध,अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु सानमिगेल वियर,नमस्ते एजुकेशन,वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर प्रायोजक याट्स,एल जि.टि.भी.सानमिगेल बियर नमस्ते एजुकेशन समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुनेछ । उक्त मुल आयोजक समितिका सहारा यु.के.का कोषाध्यक्ष नारायण गुरुङ्गलाई माला तथा खादा लगाई स्वागत समेत गरिएको थियो । क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशब बहादुर थापाले प्रतियोगिताको उद्येश्य तथा स्वागन्त मन्तब्य राख्नु भएको सो बैठकको संञ्चालन महासचिब केशब राज बरालले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button