पोखरा, ११ पौष –
पोखरा—१९ घार्मीमा रहेको भूमेपूज्ने कृषि सहकारी संस्थाको प्रथम साधारणसभा तथा भवन उद्घाटन गरिएको छ ।
सभाको उद्घाटन गर्दै पश्चिमाञ्चलका क्षेत्रीय कृषि निर्देशक बेनीबहादुर बस्नेतले कृषि क्षेत्रको विकासका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाँले सरकारले ल्याएको २७ बुदेँ योजनाले पनि कृषि उत्पादन, बजारीकरण तथा कृषक सुरक्षामा जोड दिएको दाबी गर्नुभयो । व्यवसायिक कृषि विना देशको आर्थिक विकास नहुने बताउँदै निर्देशक बस्नेतले सहकारी मार्फत उत्पादनशील क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।
जिल्ला कृषि विकास कार्यलयका प्रमुख रमेशप्रसाद कोइरालाले सरकारले दिएको अनुदानलाई उपयोग गरी कृषि उत्पादनमा लाग्न सुझाव दिनुभयो । सहकारीका अध्यक्ष रमेश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा कुखुरा व्यवसायी पूर्णबहादुर सुनार, उत्कृष्ट ऋणी राजबहादुर सुनार, उत्कृष्ट बचतकर्ता विष्णुमाया वि.क, महिला उत्थान कृषक समुह, प्रवेशिका परिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तती प्रज्वल सुनार र विनिता सुनारलाई सम्मान गरिएको थियो ।
त्यस्तै जेष्ठ नागरिक नरबहादुर सुनार र डिलमाया वि.क.लाई प्रमुख अतिथि बस्नेत र अध्यक्ष वि.क.ले दोसल्ला ओढाई सम्मान गर्नुभयो । कार्यक्तममा पोखरा—१९ का सचिव सूर्य नेपाली, पत्रकार शिशिर पौडेल, महेन्द्र मा.वि.का प्रधानाध्यापक बासुदेव पौडेल, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिं भण्डारी, भूमेश्वर प्रा.वि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पौडेल, जनउत्थान सहकारीका सचिव विनोद नेपाली, संस्थाका उपाध्यक्ष विनु वि.क, सहकारीका जितबहादुर वि.क, रक्षा आमा समुहका अध्यक्ष कल्पना सुनार लगायतले सरकारले कृषि सहकारीको वृद्धि विकासका लागि ध्यान दिनुपर्ने बताएका हुन् ।
सभाले भीमबहादुर वि.क.को लेखा प्रतिवेदन, भिमबहादुर सुनारको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । सहकारीमा हाल ५४ जना दलित र जनजातीहरु शेयरसदस्य रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution