पोखरा १५, पुष-
अग्रेंजी नयाँ बर्षको अवसरमा आन्तरीक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले आयोजना हुन लागेको १७ औं संस्करणको सडक महोत्सवको तयारी पुुरा भएको छ । पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा यही पुष १३ गते देखि सुरु हुने उक्त महोत्सवको तयारी पुरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
“सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना हुने उक्त महोत्सवको अन्तिम तयारी पुरा भएको रेबान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “यस पाली देशको असहज परिस्थितीमा पनि हामीले सडक महोत्सवलाई निरन्तरता दिदै छौं। अहिले पोखरामा क्रिसमसको लागि भनेरनै पर्यटक भित्रीइसकेको पाइएको छ, क्रिसमस तथा ओपनटेनिस प्रतियोगितामा देखिएको सर्बसाधारणको उपस्थिति हेर्दा सडक महोत्सबमा उपस्थित हुने आन्तरिक पर्यटकको संख्या हामीहरुले सोचेभन्दा पनि बढी हुने देखिएको छ ।” हामीले हामीसंग भएको श्रोतसाधनलाई अधिकतम प्रयोग गरी पर्यटकहरुलाई स्वागत गर्न आतुर छौं भन्दै उहाँले क्रिसमस, अग्रेंजी नयाँ बर्ष, तमु ल्होछार पर्वलाई पोखरामा मनाउनु पर्छ भन्ने सन्देश दिदै यस्ता पर्वको गन्तव्यको रुपमा पोखरालाई स्थापित गर्न खोजेको समेत उहाँले बताउनुभयो ।
लेकसाईड क्षेत्र यती वेता ध्वजापतकाले दुलही झै सिंगारीएको छ भने महोत्सवको अवसरमा विभिन्न जातजातिको झाँकी तथा लोकदोहोरी एवं विभिन्न सांस्कृतिक कार्यक्रमले पर्यटकहरुलाई विभिन्न देशको खानाको स्वादमा भरपुर्ण मनोरन्जन दिने तयारी अबस्थामा आफुहरु रहेको महोत्सव संयोजक जोर्दे लामाले बताउनुभयो । संयोजक लामाले १७ वर्ष अगाडी महोत्सब सूरु गरेदेखि गर्दादेखि कुनै न कुनै रुपमा साना तिना बिरोध हुने गरेको बताउदै सकारात्मक कुराहरुलाई मध्यनजर गर्दै अघि बढ्न आग्रह गरे । उहाँले भन्नुभयो “पोखरा सडक महोत्सब लगाएत पोखरामा हुने हरेक मेला महोत्सब समग्र पोखरेलीहरुको महोत्सब हो, यसलाई कस्तो बनाउने यो सव पोखरेलीहरुको हातमा छ, यसपाली झन हामीले विसम परिस्थितीमा आयोजना गर्न लागेको महोत्सवलाई कस्तो बनाउने तपाई पोखरेलीहरुको हातमा छ । ”
पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले महोत्सबमा यसपाली नयाँ आकर्षणको रुपमा पाल्पाको रामपुर बाट ६० जनाको दशावतार (बालम) टोलि ल्याउन लागिएको बताउनुभयो । मगरको कौडा, तामांगको सेलो, किरात नाच लगाएत विभिन्न जनजातिको झाँकी महोत्सबमा प्रस्तुत गरिने भएको छ । त्यसै गरी चाइनिज १५ सदस्य एक साँस्कृतिक टोलि पोखरा आई सकेको र भारतको सांस्कृतिक टोली समेत आउदै गरेको गुरुङले जनाउनुभयो ।
महोत्सव अनुगमन तथा व्याबस्थापन समितिका संयोजक गणेश बहादुर भट्टराईले सडक महोत्सबको अबसरमा महोत्सब गरिने क्षेत्र भित्र राखिएका तुल ब्यानर हटाइएको प्रति दुखः ब्यक्त गर्दै महोत्सबलाई सफल पार्न प्रायोजकको आवश्यकता पर्ने र प्रायोजकले महोत्सबको शुभकामनाको साथमा तुल ब्यानर राख्ने गरेको बताउनुभयो । पोखरा सडक महोत्सब समग्र पोखरेलीहरुको महोत्सब हो र यो महोत्सबलाइ नगरपालिकाले पनि आफ्नै महोत्सब को रुपमा लिनु पर्दछ भन्दै भट्टराईले सूचना प्रवाहमा भएको कमि कमजोरीले तुल व्यानर हटाइएको जानकारी पाएकोले आगामी दिनमा यस्ता घटना दोहोरिन हुदैन भन्नुभयो । बसुन्धरा पार्कमा दिउसो लोकदोहोरी तथा साँझमा पप कन्सर्ट हुदैछ । बसुन्धरा पार्कमा दिउसोको लागि प्रबेस शुल्क रु ५०, साँझ ६ बजे पछि रु १०० कायम गरिएको छ ।
महोत्सवमा जाने बिद्यार्थीहरुलाई माईक्रो बसमा तथा प्रबेश शुल्कमा हाल भएको इन्धन अभावको कारणले गर्दा कुनै छुट नभएको रेवानले जनाएको छ । महोत्सवमा ८ बर्ष मुनिका तथा ६५ बर्ष माथि उमेर समुहका व्यक्तिहरुलाई निशुल्कः प्रबेस दिईने भएको प्रचार लक्ष्मण बरालले बताउनुभयो । उनका अनुसार राति १२ बजेसम्म पोखरा बजार क्षेत्रमा पोखरा वस व्यावसायी समितिको बिषेश सहयोगमा आन्य दिनको मुल्यमै रात्रि कालिन सेवा दिने भएको छ ।
पोखरामा रहेका पर्यटकीय स्तरीय होटलहरु हालसम्म ४० प्रतिशत जसो मात्र अग्रिम वुग्रिम वुकिङ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । उहाँका अनुसार महोत्सवसम्म करीब ६० प्रतिशत बुकिङ हुने भएको छ । आन्तरीक पर्यटकहरुले देशका विभिन्न शहरबाट वुकिङ गराउने क्रम जारी रहेको समेत उहाँले जानकारी गराउनुभयो ।