कृषि व्यापार मेलाको चौंथो दिनमा करिब १५ लाख बराबरको कारोबार

पोखरा, ११ पौष –
पोखरामा जारी सौजन्य कृषि व्यापार मेलाको चौंथो दिन शनिबार करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । सौजन्य कृषि बजार प्रा.लि.द्वारा पृथ्वीचोकमा आयोजिक मेलामा दर्शकको उत्साहजनक सहभागिता भएको मेलाका संयोजक सन्तोष आचार्यले जानकारी दिए । उनले शनिबार एकै दिन करिब १५ लाख रुपैँया बराबरको कारोबार भएको जनाए ।

शनिबार विशेष आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा रहेका थिए । मेलामा उनले आधा दर्जन चर्चित लोकदोहोरी गीतहरु प्रस्तुत गरे । मेलामा कलाकारहरु कृष्ण सुवेदी, कृष्ण अखेती, प्रदिप त्रिपाठी, सविना गुरुङ, लक्ष्मी नेपाली र काजल गुरुङको दोहोरीले समेत दर्शकलाई छमछमी नचाएको थियो । हाँस्यकलाकार दीपक थापाको कमेडी नृत्यले पनि दर्शहरुलाई हसाएको थियो ।
आज आइतबार मेलामा लोकदोहोरी सम्राट प्रजापति पराजुली, दोहोरी गायक तथा संकलक शिव हमाल, गायिका सावित्री पराजुली, राजेन्द्र नेपाली(पोखरेली धुर्मुस), युवराज भण्डारी (पोखरेली माग्ने बुढा) को प्रस्तुती रहने छ ।

स्थानीय कृषिजन्य उत्पादनको प्रदर्शन एवं विक्री वितरण भइरहको मेलामा प्रवेश निःशुल्क रहेको छ । मेलामा हेमजा, पामे, पुम्दीभुम्दी, स्याङ्जा लगायतका स्थानका अर्गानिक तरकारी, मुस्ताङको आलु, बन्दिपुरको भट्मास, गेडागुडि, कृस्ती, देउरालीको सुन्तला प्रदर्शन एवं विक्रीमा रहेका छन् । आफ्नै फर्मको खसीबोका, रुपा र बेगनास तालको ज्युँदा माछा, सम्पूर्ण घरायसी सामान र लत्ताकपडा पनि मेलाको आकर्षण रहेका छन् ।

पुस ८ गतेबाट सुरु भएको कृषि व्यापार मेलाको आज समापन हुँदैछ । स्थानीय कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरेली युवाहरुले सौजन्य कृषि बजारको सञ्चालन गरेका हुन् । कृषि बजारको सञ्चालकहरु अमरबहादुर केसी, कृष्ण गिरी, सन्तोष आचार्य र निर्मल खड्का रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button