पोखरा, ११ पौष –
पोखराको नदिपुरमा नियमित गजल वाचन भएको छ ।
‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित गजल सन्ध्या पोखराको आयोजनामा नियमित गजल वाचन भएको हो । प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको गजल वाचनको पुस श्रृंखलामा पनि झण्डै २० जनाले गजल वाचन गरेका छन् । समसामयिक राजनीतिक अवस्था र देशले भोग्नुपरेको अहिलेको समयलाई गजलकारहरुले उठाएका थिए ।
गजल सन्ध्या पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको नियमित गजल वाचनमा रुपिन्द्र प्रभावी, डा. बसन्त गौतम, सुमन लम्साल, सन्दिप गौतम, इन्द्र राना ‘प्रतिक’, सुरज उपाध्याय, अर्जुन अधिकारी, कोशिस ओझा, गौरव खनाल, बलराम पूर्णविराम, अम्विका भण्डारी, अमृत सुवेदी, त्रुपक लगायतले गजल वाचन गरेका थिए भने सचिव मोहन भण्डारीले कार्यक्रम संचालन गरेका थिए । गजलको उत्थान र विकासमा काम गर्दै आएको सन्ध्याले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियान यस पटक पोखरा मझेरी पाटनको देउराली फार्म हाउसम गर्ने जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution