ल्होसारका लागि ‘म्हो’को कोशेली ‘ल्होसार गीत’

  • पोखरा न्यूज
  • २०७२ पौष ११
Post Thumbnail

पोखरा, ११ पौष –

गुरुङ सँस्कारमा आधारित नेपाली फिल्म ‘म्हो’को यूनिटले फिल्ममा समावेश ल्होसारसम्बन्धि गीत शनिबार सार्वजनिक गरेको छ । पुस १५ गते पर्ने ल्होसारको छेको पार्दै फिल्म यूनिटले गीतको भिडियो सार्वजनिक गरेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको एक कार्यक्रमका बीच गुरुङ फिल्म एशोसियसनका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले भिडियो सार्वजनिक गरेका थिए ।

कृष्णकुमार गुरुङको लेखन र संगीतमा तयार भएको गीत ल्होसारको शुभकामना गीत भएको फिल्मको निर्माणकम्पनी समन फिल्म्स्ले जनाएको छ । सार्वजनिक गीतलाई सपनकुमार राई, गोविन गुरुङ, शान्ति गुरुङ र माया गुरुङले गाएका हुन् । लबसन गुरुङको कोरियोग्राफिमा तयार भएको यो गीतलाई रंजीत गुरुङले खिचेका हुन् ।

गीतलाई लिएर फिल्म यूनिट निकै आशाबादी देखिएको छ । ‘ल्होसारको शुभकामना सहितको यो गीतलाई ल्होसारकै छेको पारेर सार्वजनिक गर्दा बढि प्रभावकारी हुने देखेकोले हामीले यसलाई ल्याएका हौँ ।’ पत्रकार सम्मेलनमा फिल्मका निर्माता मनोज गुरुङले भने–‘गीतलाई सबैले रुचाईदिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’ यो गीत फिल्म ‘म्हो’मा समावेश एउटै मात्र गीत हो ।

गुरुङ भाषामा ‘म्हो’को अर्थ ‘ज्वाँई’ भन्ने हुन्छ । र, फिल्मले गुरुङ सँस्कारमा ‘ज्वाँई’को महत्व कति रहन्छ ? भन्ने विषयलाई उठान गरेको छ । ‘ज्वाँईलाई माईतीले कसरी लिन्छन् । र, ज्वाँईहरुबीच वर्गीय रुपमा केहि भिन्नता भएको खण्डमा व्यवहारमा कसरी भिन्नता आउँछ ? भन्ने कुरालाई फिल्मको मुख्य कथाबस्तु बनाएका छौँ ।’ फिल्मका निर्देशक दिपेश गुरुङले भने–‘एउटा मौलिक कथा र सँस्कार यो फिल्ममा देखाउन खोजेका छौँ ।’

यो फिल्ममा मुख्य अभिनेताको रुपमा माओत्से गुरुङ रहेका छन् । माओत्से आफैले पनि यो निकै आशा गरेको फिल्म हो । ‘चरित्रको हिसाबले मैले यो फिल्ममा निकै चुनौतीपूर्ण भुमिका गरेको छु ।’ माओत्सेले भने–‘यो फिल्मबाट मैले निकै आशा गरेको छु ।’ फिल्ममा माओत्सेसँगै डिबि गुरुङ, राजेन्द्र थापा, विश्वास गुरुङ, पुर्णिमा गुरुङ, वीरमाया गुरुङ, छायाँ गुरुङ, शितला गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो फिल्मलाई समन फिल्मस्ले द ह्यूज क्रियशनसँग मिलेर निर्माण गरेको हो । माघ २६ गते बुटवलमा प्रिमियर शो गरेर फिल्मले प्रदर्शनीको शुरुवात गर्ने निर्माण कम्पनीले जनाएको छ । फिल्मलाई नेपालका प्रमुख शहरहरुसँगै हङकङ र यूकेमा पनि प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस