कालिका वहुमुखी क्याम्पसमा प्रभातफेरी कार्यक्रमको आयोजना

  • पोखरा न्यूज
  • २०७२ पौष ११
Post Thumbnail

पोखरा, ११ पौष –

कालिका बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहको पूर्वसन्ध्यामा शनिवार क्याम्पसले प्रभातफेरी कार्यक्रमको आयोजना गरयो ।

चौबीस वर्ष पूरा गरी पच्चिसौ वर्षमा प्रवेश गरेको सो क्याम्पसले आफ्नो रजत महोत्सवको शुभारम्भको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको हो । क्याम्पस प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सृष्टीचोक, वीरेन्द्र चोक, खत्री पसल, अमरशीहचोक, वुद्ध चोक, रामवजार हुदै पुन क्याम्पसमा पुगी समापन भएको थियो।

रजत जयन्ती मूल समारोहका संयोजक एवं क्याम्पसका अध्यक्ष सूर्यबहादूर केसीले प्रभातफेरीको सुभारम्भ गरेका थिए । प्रभातफेरी कार्यक्रममा ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, क्याम्पसका सिनेटर, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, समाजसेवी , प्राध्यापकहरु, विद्यार्थीहरु, आमासमुह एवं स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो । वाजागाजा र विभिन्न ब्यानर, प्ले कार्ड सहित निस्किएको प्रभात फेरीले स्थानीय बासिन्दाहरुले स्वागत गरेका थिए । समापनको अवसरमा बोल्दै क्याम्पस प्रमुख वालकृष्ण शर्माले रजत वर्ष भरी गरिने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । प्रारम्भमा कार्यक्रमको स्वागत संयोजक ललितबहादुर भण्डारीले गरेका थिए भने समापन ब्यवस्थापन समितिका सदस्य डा. कृष्ण केसीले गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक माधव बरालले गरेका थिए ।

पोखरा उपमहानगरपालिका वडा नं. १८ काजिपोरीमा अवस्थित सेती पूर्वको पहिलो क्याम्पसको रुपमा रहेको सो क्याप्पसले आफ्नो स्थापनाको चौविस वर्ष पुरा गरी पच्चिसौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतवार रजत जयन्ति कार्यक्रम मनाउन लागेको हो । आइतवार वाट प्रारम्भ भएपछि रजत जयन्तिको वर्षदिन भरी क्याम्पसले विविध कार्यक्रमको आयोजनागरी मनाउने भएको छ । जयन्ती मनाउन सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर के.सी.को अध्यक्षतामा १ हजार १ सदस्य मुल आयोजक समिति र अन्य १७ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । आइतबार हुने वार्षिक उत्सव एवं रजत जयन्ती वर्षको शुभारम्भको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति हुने क्याम्पसले जानकारी दिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस