पोखरामा भोलि डिजल वितरण हुने – विवरण सहित

  • पोखरा न्यूज
  • २०७२ पौष १२
पोखरामा भोलि डिजल वितरण हुने – विवरण सहित

पोखरा, १२ पौष – 

पोखरा सहित कास्कीमा भोलि डिजल वितरण हुने भएको छ । कास्की क्षेत्रका ३३ ओटा पेट्रोल पम्पहरुबाट भोलि २ लाख २८ हजार लिटर डिजेल र ४ हजार लिटर  पेट्रोल वितरण हुने भएको छ ।

1०तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ७ हजार, लामा दुरीका ठुलो ट्रकलाई ७ हजार, ग्रामिण रुटमा चल्ने बसलाई ४ हजार, मिनि वसलाई ३ हजार ५ सय, हायस माईक्रोलाई ३ हजार ५ सय, नगरबस-वेगनास बसलाई ३ हजार, मिनि, मझौला र लोकल ट्रकहरुलाई ३ हजार, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार ५ सय, ठूलो ट्याक्टरहरुलाई २ हजार, साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ६ हजार, पर्यटन साना सवारीहरुलाइ २ हजार ५ सय, खुद्रा माल ढुवानी गाडीहरुलाई २ हजारका दरले डिजेल उपलब्ध गराईनेछ ।

de

dee2

desel3

निर्णय नं. २
उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई अभिलेख राखी निम्नानुसार डिजेल वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्ने ।
डिजेल ः
क. लामो दुरीको ट्रक, वस – रु. ७०००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने बस – रु. ४०००।– बराबरको
ग. मिनि वस – रु. ३५००।– बराबरको
घ. हायस बस – रु. ३५००।– बराबरको
ङ. नगरबस, वेगनास बस – रु. ३०००।– बराबरको
च. मिनि, मझौला र लोकल ट्रकहरु – रु.३०००।– बराबरको
छ. अन्य निजी डिजेल कार, जिपहरु – रु. २५००।– बराबरको
ज. ठूलो ट्याक्टरहरु – रु.२०००।– बराबरको
झ.साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ञ. पर्यटन ठूला बसहरु रु. रु.६०००।– बराबरको
ट. पर्यटन साना सवारीहरु रु.२५००।– बराबरको
ठ. खुद्रा माल ढुवानी गाडीहरु रु.२०००।– बराबरको

निर्णय नं. ३
मिति २०७२।९।१३ गते वितरण हुने २२८ के.एल.डिजेल र ४ के.एल. पेट्रोल मिति २०७२।९।१२ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं. ४
वितरण मिति २०७२।९।१३ गते विहान ८ बजे देखि शुरु हुने ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस