निसासियर लेखनाथमा बाबु छोराको मृत्यू

  • पोखरा न्यूज
  • २०७२ पौष १२
निसासियर लेखनाथमा बाबु छोराको मृत्यू

लेखनाथ, १२ पौष –

मौसम चिसो छ, यसमा बच्नको लागि तपाँईहरुले कतै कोठामा झ्याल ढोका वन्द गरी हावा नछिर्ने गरी त आगो वाल्नु भएको छैन, तर कृपया यसो नगर्नु होला । तपाँईलाई चिसो भएको कारणले गर्दा कुनै कोठामा वन्द गरी अक्सीजन ग्याँस नै नछिर्ने गरी आगो वाल्नु भयो भने आगोले कोठाको अक्सीजन ग्याँस सकिए पछि कार्रवोनडाई अक्साईड ग्याँस मात्र हुन्छ जुन ग्याँसको कारणले गर्दा हामी मानव शरीर बाच्न सक्दैनौं । चिसो मौसममा निसासिएर देशका धेरै ठाँउमा मृत्यु हुने गरेको घटनाहरु सार्वजनीक हुदै आएको छ ।

यसै क्रममा कास्कीको लेखनाथमा सावधानि अपनाउन नसक्दा बाबु छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाईते भएकी छन। लेखनाथ नगरपालिका वडा न. १२ गगनगौंडा बजारमा शनिवार राती भुसे चुल्हो बालेर ढोका झ्याल वन्द गरी आगो वालेर सुतेका गगनगौंडा बजारका ४२ बर्षिय इन्द्रप्रसाद अधिकारी र उनका ६ महिनाको छोरा अनमोल अधिकारीको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी बाबु छोराको मृत्यु भएको छ भने अनमोलकी आमा ३५ बर्षिया सावित्री अधिकारी गम्भीर घाईते भएकी छन । उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्ष (आईसियू) मा उपचार भई रहेको छ । उनको स्वास्थ्यमा थोरै सुधार भएको उपचारमा संलग्न डाक्टर गोविन्दराज पाण्डेले बताए । उनले भने “हामीले उहाँलाई बचाउने प्रयासमा छौं, हाल भेन्टीलेटरबाट कृतिम श्वासप्रश्वास दिदै छौ, वेहोस अबस्थामा अस्पताल आएकी उहाँको हाल केहि सुधार भएर सामान्य वोल्न सक्ने अबस्थामा हुनुहुन्छ । ” हाल केहि सुधार भए पनि उनको अबस्था अझै भन्न नसक्ने अबस्थामा भएको डा.पाण्डेले बताए ।

भुसे चुल्हो वालेर कोठा बन्द गरी उनीहरु सुतेको कारणले गर्दा कोठामा रहेको अक्सीजन कमि भएको कारणले गर्दा बाबु छोराको निसासियर मृत्यु भएकोे हुन सक्ने डा. पाण्डेले बताए । कास्कीका प्रहरी प्रमुख एस.पी. हरी बहादुर पालका अनुसार यस सिजनमा निसासियर मृत्यु भएको यो पहिलो घटना हो, आगामी दिनमा यस्ता घटना नहुनको लागि रातिको समयमा हावादार कोठा नभएको खण्ठमा आगो वालेर नसुत्न आग्रह गरे । अनमोलकी आमाको खुट्टा समेत आगोले पोलेको छ ।

कास्कीको निर्मलपोखरी स्थायी घर भएका अधिकारी केही समय अघि लेखनाथ १२ गगनँगौडा बजारमा बसी हात हेराउने पेशा गर्दै आएको स्थानीय सत्यनारायण लिगलले बताए । राती अत्याधिक चिसो भएको कारणले गर्दा उनीहरुले कोठा न्यानो पार्न भुसे चुल्होःमा कोइला बाल्दा त्यसबाट निस्किएको धुवाँले कोठामा निस्सासिएर दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाईते भएको स्थानीयले बताएका छन । ६ महिनाको छोराको घटनास्थल र बाबुको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यू भएको प्रहरीले जनाएको छ । उनीहरुको विहान मात्र स्थानीय र प्रहरीले उद्धार गरेका थिए । ६ महिनाको बच्चालाई जाडोबाट जोगाउन उनिहरुले न्यानोको लागि कोइलाको प्रयोग गरेको र त्यसबाट कार्पेट सहित जलेर धुँवाले निसासिएको बताईन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस