पोखरा, १२ पौष –
स्थापनाको चौविसौ वर्ष पुरा गरी पच्चिसौ वर्षमा प्रवेश गरेको कालिका वहुमुखी क्याम्पसको रजत जयन्ती कार्यक्रमको सुभारम्भ भएको छ।
आइतवार क्याम्पस प्राङ्गणमा आयोजित चौविसौ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्व विद्यालयका उपकुलपति चिरञ्जिवी शर्मा क्याम्पसको रजत जयन्ति समारोहको सुभारम्भ गरे । सुभारम्भ सँगै क्याम्पसले वर्ष दिन भरी विविध कार्यक्रमको आयोजना गरी रजत जयन्तिवर्ष मनाउने भएको छ ।
कालिका क्याम्पसको रजत जयन्ति कार्यक्रमको सुभारम्भ गर्दै उपकुलपति शर्माले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । मुलुकको आवश्यकतालाई हेरी शैक्षिक कार्यक्रम अगाडि वढाउनुपर्ने वताउदै शर्माले क्याम्पसको शैक्षिक स्तरलाई अन्तराष्टिय तहमा पुरयाउन पर्ने कुरामा जोड दिए । विश्वविद्यालय अनुदान आयोगको सहयोग लिएर अगाडि वढन सुझाव दिदै शर्माले आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा वोल्दै ब्यवस्थापिका संसदका सदस्य एवं महिला नेतृ सारदा पौडेलले शिक्षा एवं विकास निर्माणका क्षेत्रहरु राजनीति वाट मुक्त हुनुपर्ने वताउदै राजनीतिकरणले गर्दा राम्रा संस्थाहरु पनि धरासायी भएको वताइन । कालिका क्याम्पसको प्रसंसा गर्दै सांसद पौडेलले क्याम्पसलाई एक लाख रुपयाँ प्रदान गर्ने घोषणा गरीन ।
कार्यक्रमको सभापतित्व गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं रजत जयन्ती मुल समारोह समितिका संंयोजक सूर्य वहादुर केसीले क्याम्पसको विकास र स्तर उन्नतिको लागि आफूले अनवरत रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । संस्थापक क्याम्पस प्रमुख वलवीर शिंह नेगीको योगदानको चर्चा गर्दै अध्यक्ष केसीले क्याम्पसको विकासको लागि सवै पक्षको आवश्यकता औल्याए ।
ब्यवस्थापन समितिका सदस्य डा. कृष्ण केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संचालक समिति सदस्य एवं चन्द्रमाया प्रतिष्ठानका सदस्य वोधराज कार्की, पूर्व ब्यवस्थापन समििितका सदस्य महेश गुरुङ्ग, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर, क्याम्पसका प्राध्यापक संघ इकाई समितिका कावा सभापति रवीन्द्र बाँस्तोला, पूर्व प्राध्यापक विश्व अधिकारी, वुद्धटोल महिला संमुहकी अध्यक्ष संझना अधिकारी, विद्यार्थि कल्याण समितिका अध्यक्ष राम सुनार लगायतका वक्ताहरुले क्याम्पसको उन्नतीको लागि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य ब्यवस्थापन समितिका सदस्य ललित भण्डारीले गरेका थिए भने सञ्चालन प्राध्यापक माधव वरालले गरेका थिए । सो अवसरमा क्याम्पसमा सञ्चालन भएका विभिन्न खेलकुद एवं अन्य निवन्ध प्रतियोगितामा उत्कृष्ठ विद्यार्थिहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरीएको थियो । यसैगरी कार्यक्रममा विद्यार्थि एवं विभिन्न आमा समुहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा शनिवार भएको प्रभात फेरी कार्यक्रममा उत्कृष्ठ आमा समूहरुलाई परस्कृत र सहभागिहरुलाई सम्मान गरीएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution