पोखरा, १२ पौष –
पोखरा ८ जाल्पादेवी टोल विकास संस्था अन्तर्गत रहेका बालबालिकाहरुको भेलाले राधा सोनीको अध्यक्षतामा ११ सदस्यीय जाल्पादेवी बाल क्लव गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अमित भण्डारी, सचिवमा दिक्षा गिरी, सहसचिव कामना थापा, कोषाध्यक्ष कपिल पाण्डे, सदस्यहरुमा गौरव पुरी, सुयष विजुक्छे, प्रविस श्रेष्ठ, सविन परियार, शंकर कार्की रहेका छन् ।
बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराई योग्य, दक्ष बनाउने र व्यक्तिगत रुपमा नेतृत्व प्रदान गरी अध्ययनमा लगनशील बनाउने उद्देश्यले क्लव गठन भएको जाल्पादेवी टोल विकास संस्थाका अध्यक्ष मिन प्रसाद भट्टराईले बताए ।
कार्यक्रममा जाल्पादेवी बहुउद्देश्यीय विकास संस्थाका उपाध्यक्ष कृष्ण थापा, यसरी गठन हुने बाल क्लवले सभ्यटोलको निर्माण, योग्य बालबालिकाको निर्माण हुने बताए ।
राधा सोनीको अध्यक्षतामा भएको कार्यक्रममा जाल्पा महिला उद्दार समूहका कोषाध्यक्ष राधिका थापा, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सहसचिव उर्मिला भट्टराई, अमित भण्डारी, दिक्षा गिरी, कामना थापा, गौरब पुरी लगायतले मन्तव्य राखेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution