पोखरा, १३ पुष-
१७ औं संस्करणको पोखरा सडक महोत्सव सोमबार देखि सुरु हुदै छ ।सोमबार खहरे चोक बाट पर्यटनमन्त्रि को उपस्थिमा पोखराका पर्यटन व्यबसायी, समाजसेबी, नागरिक समाज ,उद्योगी, मानब अधिकारकर्मी र विभिन्न संघसस्थाका पदाधिकारीहरु सहितको रयाली सुरुभै बसुन्धरापार्कमा पुगी महोत्सवको उद्घाटन गरिदैछ ।
महोत्सबको सन्दर्भमा आइतबार महोत्सब अनुगमन तथा व्याबस्थापन समितिका संयोजक एंव पोखरा पर्यटन पुर्नरजागरण समितिका संयोजक समेत रहेका गणेश बहादुर भट्टराईले सडक महोत्सबले भारत तर्फ जाने गरेका पर्यटकहरुलाई पोखरा तान्ने गरेको बताउनुभएको छ। पोखराआर्थिक डटकम संगको कुराकानीमा उहाँले भन्नुभयो “अफ्सिजनमा हामी भारतको गोवा जाने गरेका थियौं, त्यहाँको बस्तुस्थिती वुझेपछि यहाँ सडक महोत्सवको अवधारणा ल्याएसंगै सडक महोत्सवले पोखरा, पोखराआसपासका तथा देशका धेरै शहरका तथा विदेशी पर्यटकलाई पनि पोखरामा तान्न सफल भएका छौं । ”
अगेंजी नयाँ बर्षको अवसरमा, क्रिसमस पर्व तथा तमुहरुको ल्हो छार पर्वको अवसरमा आयोजना हुने सडक महोत्सवले सडकमा खाने रमाउने मात्र नगरी विभिन्न जातजातिको भेषभुषा, कला संस्कृति, रहनसहन समेत प्रस्तुत हुने हुदा जातिय एकताको सन्देश दिदै आएको भट्टराईलेले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “सडक महोत्सव युवा तन्नेरी भयो, १७ बर्ष पुग्यो विभिन्न वाधा अडचनाका बावजुत पनि यो महोत्सव निरन्तर संचालन हुदै आयो, द्धन्दकालमा पनि यसले निरन्तरता पायो भने अब कसैले रोकेर रोकिदैन, दुई चार जनाले नचाहेर पनि रोकिदैन । ” ।
सन १९९८ बाट १ किलोमिटर क्षेत्रमा सुरु भएको एक दिने लेकसाड महोत्सव हालक वर्षहरुमा पाँच दिन सम्म साँढे ३ किलोमिटर सडक क्षेत्रमा संचालन हुदै सडक महोत्सवको रुपमा विकास हुदै आएको छ । सन १९९९÷२००० मा तत्कालिन हंग्रिआई होटलमा भएको भेलाले ठुला होटल तथा रेण्टुरेण्टले ५, मध्यमले ३ र सानाले दुई हजार उठाएर सुरु भएको सडक महोत्सव हाल आत्मनिर्भर मात्र नभई हरेक बर्ष लाखौं रुपैया फेवाताल संरक्षण तथा सामाजिक क्षेत्रमा खर्चैदै आएको भट्टराईले बताउनुभयो ।
भट्टराई सन १९९७ मा आफ्नी प्रेमिकासंग अफ्सिजनमा जाडो छल्न गोवा पुगे पछि, गोवामा म्युजिसिएन रेहेमान संग भेट भएको थियो र सोहि भेटमा रेहेमानमार्फत गोवा फुड एण्ड फेष्टीवल हेर्न निमन्त्रणा आए पछि उहाँले फेष्टीवलको राम्रोसंग अवलोकन गर्नुभयो र सोहि प्रभावित भएर पोखरामा पनि किन यस्तो महोत्सन हुने भनेर यस्तो खालको महोत्सवको अवधारणा आएको भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार स्वर्गीय पुर्वराजा विरेन्द्र साहको सपरिवारलाई डिनर खुवाउने मौका पाउनु पनि सडक महोत्सवको अबधारणाको विकास हुनु संग जोडिन पुगेको छ । पुर्व राजाले पोखरामा अफसिजनमा किन पर्यटक आउदैनन ?, पोखराको पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ ?, यहाँको जनशक्ति कस्तो छ ?, वित्तिय संघ संस्थाले पर्यटन क्षेत्रमा कस्तो लगानी गरेका छन? जस्ता धेरै प्रश्न राखे पछि यस्ता प्रश्नको उत्तर खोज्दै जादा गोवा जाने चलनलाई हटाउदै धेरै सम्भावना भएको पोखरालाईनै पर्यटकहरुलाई तान्ने गन्तव्य को रुपमा परीणत गर्ने रणनितिका अनुसार सडक महोत्सवको थालनी भएको हो ।
पोखराआर्थिक डटकम संगको कुराकानीमा रेबान पूर्व अध्यक्ष तथा सडक महोत्सबका सस्थापक सदस्य सूर्यबहादुर भुजेलले हामीले जुन उधेश्यले सडक महोत्सब संचालन गरेका थियौ त्यसमा हामी सफल रहेका छौ भन्दै अब यसलाई देशकै गौरबको रुपमा अगाडी लैजानुपर्ने बताउनुभयो। सुरुवाती क्रममा कोकाकोला र सुर्य नेपालको रु ४०,००० को प्रायोजन तथा आयोजक सम्बन्धक संघ सस्था र व्यक्ति बाट रु ४०,००० गरि रु ८०००० बाट सुरु भएको महोत्सब आजको दिनसम्म आइपुग्दा देशकै सबैभन्दा बढी आर्थिक कारोबार हुने थलो को रुपमा विकास भएको छ भन्दै भुजेलले महोत्सबको बेलामा पोखराको व्यापारमा १०० देखि ५०० प्रतिशत सम्म ग्रोथ हुने गरेको वताउनुभयो । पोखरामा तथा देशका अन्य स्थानमा चल्ने अन्य महोत्सबहरु अनुकुलता हेरेर मात्र संचालन हुने गरेको बताउदै भुजेलले पोखरा सडक महोत्सब मात्र तेस्तो महोत्सब हो जुन कहिल्यै पनि परिवर्तन नभई एकै समयमा बर्षेनी संचालन हुदै आएको छ । भुजेलले भन्नुभयो हामीले संकटकालको स्थितिमा पनि महोत्सबलाई सफलतापूर्वक संचालन गरेका छौ र अहिले यो विषम परिस्थितिमा पनि दृढ संकल्पका साथ अगाडी बढेका छौ यसमा सम्पूर्ण पोखरेली हरुको उत्तिकै साथ र समर्थन रहेको छ ।
कालीगण्डकीको र्याफ्टीङ, अन्नपूर्णको पदयात्रा, हिमालको काखमा रहेको पोखरा र पोखरा आसपासको पर्यटकीय क्षेत्रको अवलोकनको लागि मात्र भनेर पोखरामा पर्यटकहरु आउने गरेको गणेश भट्टराईले वताउनुभयो । हाल पोखरामा साहासिक खेल गतिविधि (सेती र्याफ्टीङ, वन्जीजम्प, जिपफ्लायर, प्याराग्लाईडीङ), कला संस्कृति लगायतको कुराले थप पर्यटकहरुलाई लोभ्याउने गरेको छ । पहिला ८० प्रतिशत जसो पर्यटकहरु पोखरा बाहिर गन्तव्य बनाउने गरे पनि पछिल्लो क्रममा ८० प्रतिशत जसोको पहिलो रोजाई पोखरा भएको उहाले दाबी गर्नुभयो । सडक महोत्सवलाई अब पोखरेलीले मात्र नभई राज्यले नै आफ्नो देशको समहोत्सवको रुमा आत्म सात गरी विश्व बजारसम्म महोत्सवको प्रचार प्रसार गरी ७५ जिल्लामा उत्पादन भएका बस्तु तथा सेवाको बजारीकरण गर्नू पर्ने भट्टराईको जोडदार माग रहेको छ । तत्कालिन अबस्थामा रेवानका उपाध्यक्ष समेत रहेका भट्टराई पछि सदस्यमा बसेर पनि सडक महोत्सवलाई सफल पार्न लागी पर्नुभयो ।
विसम परिस्थितीमा आयोजना हुने यस सडक महोत्सवमा पोखरा पर्यटन परिषद, पिटिआरसी लगायतका पर्यटनसंग सम्वद्ध संघ संस्थाको समन्यवमा सडक महोत्सवमा कम्बल संकलन समेत गरीने बताउदै भट्टराईले जाडोको यो मौसममा संकलन भएको कम्बल भूकम्प प्रभावित क्षेत्र पहिचान गरी आफुहरुले वितरण गर्ने जानकारी दिनुभयो ।