निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण सम्पन्न

पोखरा, १२ पौष –

सत्य साइ केन्द्रिय ट्रस्ट नेपालको आयोजनामा शुक्रबार सत्य साइ केन्द्र सिमलचौरमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भयो । शिविरमा एक सय भन्दावढि बिरामीको प्रारम्भिक स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि बितरण गरिएको थियोे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शिबिरको श्री सत्य साइ केन्द्रिय ट्रस्ट नेपालका मानार्थ सदस्य हेमबहादुर प्रधानले उद्घाटन गरेका थिए । शिबिरमा कास्की लगाएत स्याङ्जा, पर्बत, बाग्लुङ, म्याग्दि जिल्लाका बिरामीहरु आएका थिए ।

सो शिबिरमा डा. नारायण गौतम, डा. सुजा बराल, डा. रबि ढकाल, डा. बैधनाथ सिन्हा, डा. बिमल पौडेल, डा. प्रकाश कर्णले बिरामीको प्रारम्भिक स्वास्थ परिक्षण गरेका थिए।

सो अबसरमा मुटु रोग, फोक्सो, सुगर, मृगौला, बाथरोगको प्रारम्भिक परिक्षण गरिएको डा. नारायण गौतमले बताए । स्वास्थ्य परिक्षण गरिएका बिरामीहरुलाइ निशुल्क औषधि बितरण गरिएको थियोे ।

नेशनल फर्मास्युटिकल्स, फोक्सोको समस्या सम्बन्धि औषधि उत्पादक कम्पनी सि. टि. एल., पि. एफ. टि., दम रोगको लागि प्रख्यात औषधि उत्पादक कम्पनी सि. आइ. पि. एल. ए., लगायत १० औषधि उत्पादक कम्पनीले निशुल्क औषधि बितरण तथा रक्त परिक्षणमा सहयोग गरेका थिए ।
त्यसैगरि पद्म नसिङ कलेज की प्राविधिक मेट्रान रजनी पालिखे, पद्म नर्सिङ होमका प्राविधिकको टोलि, वरिष्ठ स्वास्थ सहायक जिबन रेग्मी, प्राबिधिक हरिप्रसाद अधिकारी लगायतले सहयोग गरेका थिए ।

बिरामीको अबस्था हेरि सोही स्थानमा भिडियो एक्सरे पनि गरिएको थियो । भिडियो एक्सरेमा डा. गोपिलाल श्रेष्ठ, डा. आनन्द श्रेष्ठ र सिनियर स्टाफ भवानी श्रेष्ठले सहयोग गरेका थिए । काठमाडौंमा १५ बर्ष अगाडि श्री सत्य साइ केन्द्रिय ट्रस्ट नेपाल दर्ता भइ स्वास्थ्य क्षेत्रमा विभिन्न कार्य गर्दै आएको डा. नारायण गौतमले बताए । साथै सत्य साइ केन्द्र सिमलचौरमा हरेक महिनाको हरेक बिहीबार निशुल्क स्वस्थ्य शिविर हुने बताए ।

उनका अनुसार पहिलो बिहीबार आँखाको, दोस्रो बिहीबार मेडिकल तथा स्त्रीरोग, तेस्रो बिहीबार हाडजोर्नी तथा बालरोग र चौथो बिहीबार दाँत सम्बन्धि समस्याको निशुल्क प्रारम्भिक परिक्षण तथा औषधि बितरण गरिने छ।

काठमाडौ पछी पोखरामा सत्य साइ केन्द्रिय ट्रस्ट नेपालको क्षेत्रीय समितिको आयोजनामा नियमित निशुल्क क्लिनिक संचालनको लागि प्रक्रिया अगाडि बढाइ सकिएको बताए।

सत्य साइ केन्द्र सिमलचौर कि अध्यक्ष सम्झना गुरुङले सन्चालन गरेको सो कार्यक्रममा क्षेत्रीय अध्यक्ष बालचन्द्र गुप्ताले गायत्री मन्त्र तथा बेद मन्त्रका साथै स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button