मेलाको समापन भएपनि कृषि बजार भने निरन्तर सञ्चालनमा हुन्छ – आचार्य

पोखरा, १२ पौष – 

सौजन्य कृषि बजार प्रालिद्वारा पोखराको पृथ्वीचोकमा आयोजित कृषि व्यापार मेला आइतबार सकिएको छ । प्रालिले कृषि बजार सञ्चालनको अवसरमा यहि पुस ८ गतेदेखि मेलाको आयोजना गरेको थियो ।

मेलाको समापन भएपनि कृषि बजार भने निरन्तर सञ्चालनमा रहने सञ्चालक सन्तोष आचार्यले बताए । स्थानीय कृषिजन्य उत्पादनहरुको प्रवद्र्धन गर्न करिब ९५ वटा स्टल राखेर कृषि बजार सञ्चालनमा ल्याएको उनले बताए ।

कृषि बजारमा हेमजा, पामे, पुम्दीभुम्दी, स्याङ्जा लगायतका स्थानका अर्गानिक तरकारी, मुस्ताङको आलु, बन्दिपुरको भट्मास, गेडागुडि, कृस्ती, देउरालीको सुन्तला विक्रीमा रहेका छन् । आफ्नै फर्मको खसीबोका, रुपा र बेगनास तालको ज्युँदा माछा, सम्पूर्ण घरायसी सामान र लत्ताकपडा पनि कृषि बजारमा विक्रीका लागि राखिएको छ ।

आइतबार करिब १० हजार दर्शकले मेलाको अवलोकन गरेको मेलाका संयोजक समेत रहेका आचार्यले जानकारी दिए । मेलाको अन्तिम दिन बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, शिव हमाल, गायिकाहरु चन्द्रा कार्की गायिका सावित्री पराजुली, हाँस्यकलाकारहरु राजेन्द्र नेपाली(पोखरेली धुर्मुस), युवराज भण्डारी

(पोखरेली माग्ने बुढा) को प्रस्तुती रहेको थियो । मेलामा प्रवेश निःशुल्क रहेको थियो ।

स्थानीय कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरेली युवाहरुले सौजन्य कृषि बजारको सञ्चालन गरेका हुन् । कृषि बजारको सञ्चालकहरु अमरबहादुर केसी, कृष्ण गिरी, सन्तोष आचार्य र निर्मल खड्का रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button