लायन्स क्लब अन्नपुर्णको २९औं स्थापना दिवस सम्पन्न

पोखरा, १३ पौष –

लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आफ्नो २९औ स्थापना दिवस आइतबार पोखरामा एक कार्यक्रमका विच मनाएको छ । क्लबलले आफ्नो स्थापना दिवसको अबसरमा ३ वटा कार्यक्रम यसै महिना गर्ने उद्घोष पनि गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

क्लबका संस्थापक सचिव एवं डिष्ट्रिक ब्लड बैक चियर पर्सन लायन सोनाम साङपोले १८ जना विद्यार्थी लाई बर्षेनी छात्रबृत्ति उपलब्ध गराउदै आएको जानकारी दिदै थप एक लाखको अक्षयकोष बृद्धि गर्ने बताउनु भयोे । उहाँले गोरखाका भुकम्प पीडित लाई २ लाख बराबरको ब्लाङकेट वितरण गर्ने र आफुहरुले निर्माण गरेको गोगन उच्चमाविको चारकोठे भवन यसै महिना उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स अन्तराष्ट्रिय डिष्टिक ३२५ वी वानका गभर्नर लायन धु्रव बहादुर थापाले लायन्स क्लब अफ पोखरा अन्नपुर्ण डिष्ट्रिकमा मात्रै नभएर मल्टिपलकै उत्कृष्ट क्लब रहेको बताउदै आफु गभर्नर भए पछि नेपाल लायन्स फाण्डेशनमा १ करोड ३७ लाख जम्मा भएको बताउनु भयो । उहाँले लायन्सले भुकम्प पीडितको लागि एक हजार घर र ३० वटा विद्यालये निर्माण गर्ने बताउनु भयो ।

कार्यक्रममा चार्टर नाइटका संयोजक लायन दुतमान गुरुङ आशिस , सञ्चारर्की दिपेन्द्र श्रेष्ठ ,जोन चियर पर्सन लायन शुरेस श्रेष्ठ , क्लबका सचिव लायन दिनेश तुलाचन लगायतले आ आफ्नो भनाई राख्नु भएको कार्यक्रममा क्लबका सस्थापक पदाधीकारी ,सदस्य , पुर्व अध्यक्ष लगायत लाई खादा र ढाकाटोपीले सम्मान गरीएको थियो । डिष्ट्रिक्टले घोषणा गर्ने लायन्स अफ दि मन्थ अवार्ड क्लबका अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठले पाउनु भएको छ । नोभेम्बर महिनाको अवार्ड श्रेष्ठले पाउनु भएको हो । कार्यक्रम क्लबका अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button