दुई महिना भित्रमा पोखरा विमानस्थलको शिलन्यास हुने – मन्त्री पोखरेल

  • पोखरा न्यूज
  • २०७२ पौष १३
दुई महिना भित्रमा पोखरा विमानस्थलको शिलन्यास हुने – मन्त्री पोखरेल

पोखरा, १३ पौष –

संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले ढिलोमा पनि आगामी दूई महिना भित्र पोखराको अन्तर्राष्ट्रिय क्षेत्रिय विमानस्थलको शिलन्यास हुने दाबी गरेका छन । नेपाल पर्यटन बोर्ड र रेष्टुरेण्ट एण्ड वार एशोसिएसन रेवान पोखराले सोमबार पोखरामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री पोखरेले ढिलोमा आगामी दूई महिना भित्रमा पोखरा विमानस्थलको शिलन्यास हुने दाबी गरेका हुन । १७ औं सडक महोत्सवको उद्घाटन गर्न पोखरा आएका मन्त्रीसंग यहाँका पर्यटन व्यवसायीहरुले सोमबार छलफल गरेका हुन ।

mantri 2

अर्थ मन्त्रालयले ऋण सम्झौता गरे लगतै विमानस्थलको निमार्ण कार्य दु्रत गतिमा अघि बढ्ने बताएका उनले तीन बर्ष भित्रमा विमानस्थ निमार्ण कार्य पुरा हुने जनाए । उनले भने “मैले नेपाल पर्यटन वोर्डको सिईओ नियुक्ति गर्दा पनि २१ दिनको म्याद दिएर १९ दिनमै नियुक्ति गरे , म भाग्यमानि रैछु अब पोखरा विमानस्थलको पनि ढिलोमा दुई महिना भित्रमा शिलन्यास हुन्छ, ऋण सम्झौता गर्न मात्र बाँकी रहेको छ चिन सरकारले पत्र पठाएको तीन दिनमै सम्झौता हुन्छ ।” नेपाल जस्तो भुपरिवेष्टी देशमा हवाई मार्ग अत्यावसेक भएकोले पनि पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा सरकार लागि परेको बताएका मन्त्री पोखरेलले हाल भारतले नाकावन्दी गरेकोले हवाई मार्गबाट केहि अत्यावसेक बस्तु ल्याएर देश संचालन भएको अन्यथा देश ठप्प हुने अबस्थामा पुगेको समेत उनले बताए । कृषि र उर्जा मन्त्रीको आफुले ताके पनि पर्यटन मन्त्री पाउदा पहिला दुखः लागे पनि पछि बुझदै जादा धेरै खुसि लागेको बताएका मन्त्री पोखरेलले भारतलाई थोरै भए पनि हच्काउन चिनीया पर्यटकलाई एक बर्षको लागि भिषा फ्रि गरेको बताए । उनले भने “ नेपालको पहिलो पर्यटनको मुख्य लक्ष्य भनेकै भारत र चिन नै हो, यसमा दुई देश विचको सम्बन्ध प्रगाढ पारी हामीले बर्षमा ८-१० लाख भन्दा बढी पर्यटक भित्राउन सकिन्छ । ”

रिसर्च विना पर्यटनको विकास हुदैन

पर्यटन क्षेत्रलाई देशको मुख्य अर्थतन्त्र बनाउने योजनाका साथ आफुले गृहकार्य सुरु गरेको बताएका मन्त्री पोखरेलले यसमा आफुले विज्ञ सहितको टोलीबाट अध्ययन अनुसन्धान गर्न थालेको जनाए । उनले भने “जव सम्म रिसर्च हुदैन तवसम्म हाम्रो पर्यटनको विकास हुदैन त्यसैले निजी क्ष्ोत्रले पनि पर्यटनको विकासको लागि रिसर्चमा खर्च गर्ने गरे । ”

५ बर्षमा ५० लाख पर्यटक भित्राउन सहिने दाबी गरेका मन्त्री पोखरेलले यसको लागि नेपाल पर्यटन वोर्ड, पर्यटन सम्वद्ध संघ संस्थाहरुले अनुसन्धान गर्नुपर्नेमा जोड दिए । हुदहुद आधि, भूकम्प, मधेष आन्दोलन र भारतले लगाएको नाकावन्दीको कारणले गर्दा नेपालको पर्यटन क्षेत्र खस्कदै गएकोमा यसलाई अघि बढाउन सरकारको मात्र मुख नताकि निजी क्षेत्रले पनि योगदान दिन उनले आग्रह गरे ।

विश्व बजारमा गौतम बुद्ध नेपाल जन्मेको प्रचार गर्नु पर्यो

भारतले गौतम बुद्ध भारतमा जन्मेका हुन भन्दै अनावश्यक पर्रपोकाण्डा मच्चाउदै हिडेकोमा दुखः व्यक्त गर्दै मन्त्री पोखरेलले आफु भारतमा एउटा कार्यक्रममा गए देखि आफु हिन्दुधर्मको भए पनि त्यहाँबाट बुद्धधर्मप्रति आकषर्ण बढेको बताउदै विश्वमा भएका एक अर्व बौदीष्टलाई एक प्रतिशत मात्र नेपालमा भित्राउन सके भने पनि नेपाल धार्मिक पर्यटनबाट पनि अर्थतन्त्र उकासिन सक्ने उनले दाबी गरे । उनले भने “अब हामीले गौतम बुद नेपालमा जन्मेको कुरा विश्व बजारमा सतिसक्दो छिटो मार्केटीङ गर्नु पर्दछ, यहाँका पर्यटनका सम्भावनाको प्रचार प्रसार अनि प्रकृति एवं संस्कृतिको संरक्षण गर्नु पर्दछ । ”

आठ लाख पर्यटक नभित्राउदा सम्म हाम्रो ध्यान पर्यटन प्रवद्र्धनमै केन्द्रीत – सिईओ जोशी

ceo

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपालको पर्यटनको क्षेत्रमा हाल अवसर र चुनौती उतिकै भएको बताउदै चुनौतीको सामना गर्न आफु तत्पर रहेको जनाए । करीब ६ महिना देखि बजेट पास नभएर धेरै काम रोकिएको बताएका सिईओ जोशीले बजेट पास हुन साथ क्षेत्रिय कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने बिषयमा छलफल गर्ने बताए । सन २०१२ तथा १३ मा ८ लाख जसो पर्यटक भित्रिएको बताएका जोशीले यस बर्ष करीब ४ लाख पनि पर्यटक भित्रिन नसकेकोमा दुखः व्यक्त गर्दै कम्तीमा ८ लाख पर्यटक नभित्रिदा सम्म आफुहरुको ध्यान पर्यटन प्रवद्र्धनमै केन्द्रीन हुने बताए । उनले भने “अब कसरी जछित सक्दो छिटो पर्यटन प्रवद्र्धन गर्न सकिन्छ त्यसमा कुनै व्यत्तिको सल्लाह सुझाव छ भने मलाई दिनुहोला उचित भएको खण्डमा त्यसलाई लागु गर्छु । ”

रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराइको अध्यक्षतामा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारी, टान पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्मा, हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराई, नाट्टा पोखराका प्रथम उपाध्यक्ष दिल गौतम, पर्यटन व्यावसायी रमेश भट्टराई, सुर्यबहादुर भुजेल लगायतले आफ्नो क्षेत्रको समस्या राख्दै पर्यटन प्रवद्र्धनमा एक हुनु पर्ने समय आएकोमा जोड दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस