पर्यटनको विकास गर्न पर्यटन निती आवश्यक – मन्त्री पोखरेल

  • पोखरा न्यूज
  • २०७२ पौष १३
Post Thumbnail

पोखरा, १३ पौष –

संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले नेपालको खस्केको पर्यटन क्षेत्रलाइ माथि उकास्न पर्यटनको नयाँ निती आवश्यक भएको बताएका छन । सोमबार देखि पोखरामा सुरु भएको १७ औं संस्करणको सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले देशको आर्थिक समृद्धिको लागि पर्यटनको निती ल्याउने आवश्यक भएको बताएका हुन ।

उनले एक महिना भित्रमा पर्यटन निती ल्याउने बताएका छन । उनले भने “ कृषि, जलश्रोत, उद्योग लगायतको क्षेत्रमा देश केन्द्रीत हुदा पर्यटन क्षेत्र पछि परेको छ, अब पर्यटनलाई पहिलो प्रथामिकता दिएर पर्यटनको नयाँ निती ल्याउने हामी गृह कार्यमा जुटेका छौं ।” पोखरा प्राकृतिक, सांस्कृतिक हिसावले महत्वपूर्ण रहेको बताउदै मन्त्री पोखरेलले अब पोखरालाई जिरो कार्रवन पर्यटन पोखराको रुपमा विकास गरी विश्व पर्यटनको केन्द्र पोखरालाई बनाउनु पर्नेमा जोड दिए । नेपालको पर्यटन साहासिक गतिविधि मात्र नभइ प्राकृतिक, सांस्कृतिक, र विभिन्न जातजातिको भेषभुषा, रहनसहनलाई समेत समेट्नु पर्ने मन्त्री पोखरेलले बताए । जलवायु परिवर्तनको असर नेपालमा समेत देखिएकोले अब नेपालको वातावरणीय पर्यटन, घरदेखि जंगलसम्मको पर्यटनसम्म जोडेर पर्यटनको समग्र विकास हुने गरी बृहत अवधारणा साथ अघि बढ्नु पर्ने उनको भनाई थियो ।

पोखराको पर्यटनको विकास गराउदा पोखराले लुम्बिनी, बागलुङ, जोमसोम, चितवन सहित पोखराका आसपासका ग्रामिण पर्यटनको सम्भावना भएका स्थानहरुलाई समेत समेट्नु पर्ने मन्त्री पोखरेलको भनाई छ । कृषिलाई नेपालको मुख्य अर्थतन्त्र बनाएर आर्थिक समृद्धि गर्न नसक्ने उनले ठोकुवा गरे । १ सय २७ जातिहरुलाई समेट्ने गरी काठमाण्डौमा राष्ट्रिय संग्राहलय स्थापना हुने बताए । लुम्बिनीलाई बौद्धिष्टहरुको गन्तव्य बनाउन, बुद्धको जन्मत्सवको दिनमा नेपाल जानु पर्छ भन्ने विश्व बजारमा बुद्ध नेपालमा जन्मेका हुन भनी मार्केटीङ गर्नू पर्ने मन्त्री पोखरेलको भनाई छ । व्याबस्थापिका सम्ंसद विकास समितिका सभापति रविन्द्र अधिकारीले भूकम्प, मधेषको आन्दोलन र भारतले गरेको नाकावन्दीको कारणले गर्दा थलिएको पर्यटन क्षेत्र छिट्टै उकास्न नसके कहिले पनि माथि उठ्न नसक्ने गरी पछि पर्ने उनले दाबी गरे । अन्य विमानस्थलहरु मध्य पोखरा विमानस्थलको काम जतिसक्दो छिटो हुने समेत उनले दाबी गरे । पोखराको विकास हुनु समग्र नेपालको विकास भएको दाबी गरेका अधिकारीले पोखराको विकास हुदा काठमाण्डौं पछि पर्छ भन्ने सोच हटाउन पनि उनले आग्रह गरे ।

रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारी, सडक महोत्सव संयोजक दोर्जे लामा, महोत्सव प्रचार संयोजक लक्ष्मण बराल लगायतले बोलेका थिए । “सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएको सडक महोत्सवको अवसरमा लेकसाईड क्षेत्रमा यती वेता ध्वजापोतकाले दुलही झै सिंगारीएको छ । महोत्सवको अवसरमा विभिन्न जातजातिको झाँकी तथा लोकदोहोरी एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत हुदै छ । विभिन्न देशको खानाको स्वादमा आगन्तुक पर्यटकलाई भरपुर्ण मनोरन्जन दिने महोत्सव संयोजक लामाले बताए । संयोजक लामाले भने “पोखरा सडक महोत्सब लगाएत पोखरामा हुने हरेक मेला महोत्सब समग्र पोखरेलीहरुको महोत्सब हो, यसलाई कस्तो बनाउने यो सव पोखरेलीहरुको हातमा छ, यसपाली झन हामीले विसम परिस्थितीमा आयोजना गर्न लागेको महोत्सवलाई कस्तो बनाउने तपाई पोखरेलीहरुको हातमा छ ।” बसुन्धरा पार्कमा दिउसो लोकदोहोरी तथा साँझमा पप कन्सर्ट हुदैछ । बसुन्धरा पार्कमा प्रबेस शुल्क दिउसो ५०, साँझ ६ बजे पछि एक सय रुपैया रहेको छ । महोत्सवमा जाने बिद्यार्थीहरुलाई माईक्रो बसमा तथा प्रबेश शुल्कमा कुनै छुट नभएको रेवानले जनाएको छ । महोत्सवमा ८ बर्ष मुनिका तथा ६५ बर्ष माथि उमेर समुहका व्यक्तिहरुलाई निशुल्कः प्रबेस दिईने भएको प्रचार लक्ष्मण बरालले बताए । उनका अनुसार राति १२ बजेसम्म पोखरा बजार क्षेत्रमा पोखरा वस व्यावसायी समितिको बिषेश सहयोगमा अन्य दिनको मुल्यमै रात्रि कालिन सेवा दिने भएको छ ।

पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले महोत्सबमा यसपाली नयाँ आकर्षणको रुपमा पाल्पाको रामपुर बाट दशावतार (बालम) टोलि ल्याएको बताए । मगरको कौडा, तामांगको सेलो, किरात नाच लगाएत विभिन्न जनजातिको झाँकी महोत्सबमा प्रस्तुतः हुदै छ । चाइनिज र भारतीय टोलीले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै छन । यसै विच उक्त महोत्सवको उद्घाटनको अवसरमा लेकसाईडको खहरेचोकबाट विभिन्न जातिहरुको झाँकी सहितको शोभा यात्रा समेत निस्केको थियो । पन्चे वाजा सहित सुरु भएको शोभा यात्रामा विभिन्न जातिको भेषभुष झल्कनी झाकी समेत प्रदर्शन भएको सांस्कृतिक संयोजक गुरुङले बताए । अग्रेंजी नयाँ बर्षको अवसर आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा मनोरन्जनात्मक वाल उद्यान समेत रहेको छ । वालउद्यानमा वालवालीका देखि युवाहरुलाई लक्षित गरी विभिन्न पिङहरु महोत्सवमा राखिएको वाल उद्यानका संचालक विरेन्द्र क्षेत्रिले बताए ।

पोखरामा रहेका पर्यटकीय स्तरीय होटलहरु हालसम्म ४० प्रतिशत जसो मात्र अग्रिम वुग्रिम वुकिङ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । उनका अनुसार महोत्सवसम्म करीब ६० प्रतिशत बुकिङ हुने भएको छ । आन्तरीक पर्यटकहरुले देशका विभिन्न शहरबाट वुकिङ गराउने क्रम जारी रहेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस