नरायणले बजारमा ल्याए ‘‘मनमा दुख्ने घाऊ छ’’

  • पोखरा न्यूज
  • २०७२ पौष १३
नरायणले बजारमा ल्याए ‘‘मनमा दुख्ने घाऊ छ’’

पोखरा, १३ पौष –

नेपाली लोक संगीतको क्षेत्रमा पोखरामा रहेरै संघर्श गरिरहेका सर्जक हुन् नारायण भट्टराई । औपचारिक रुपमा गत बर्ष “ क्यारी बिर्सम् त नी ’’ नमक गीत बाट संगीतिक क्षेत्रमा प्रवेश गरेका नारायण भट्टराईले यसबर्ष पनि निरन्तर्ता दिँदै आफ्नो दोस्रो गीत ‘‘मन्मा दुख्ने घाऊ छ’’ बजारमा ल्याएका छन् । गीतमा नारायण भट्टराईसँगै कृष्ण पारियरको आवाज सुन्न पाईन्छ । शब्दमा भने कमल अर्याल नै छन्, भने लयमा पनि पुरनै नाम सुरेश सिग्देल नै पाउन सकिन्छ । आखिर नारायण भट्टराईसँग कमल अर्यल र सुरेश सिग्देलको सम्बन्ध के छ भन्ने प्रश्नमा भट्टराई भन्छन – “ मलाई संगीतिक जगत्मा ल्याउने ब्यक्ति नै कमल अर्यल र सुरेश सिग्देल हुन् भने म मेरा संगीतिक जन्मदातालाई कसरी भुल्न सक्छु र ? ’’

त्यस्तै यता भिडियोको क्षेत्रमा पनि खसै फरक पाउन सकिन्न । क्यारी बिर्सम् त नी जस्तै यसमा पनि कमल अर्यल , सुरेश सिग्देल उही पुरनै अनुहार देखएका छन भट्टराईले । कम्पनी पनि उही जनता डिजिटल नै रहेको छ । सबै कुरा उही छ आखिर फरक के त ? भट्टराई भन्छन – “ पुरनै टीम हो तर केही नयाँ पनि छ जस्तै गायिका पहिला देवी घर्ती हुनुन्थ्यो भने अहिले कृष्ण परियर हुनुन्छ । भिडियोमा पनि पहिला लीला गिरी हुनुन्थ्यो भने अहिले निरुत शाहलाई पाउन सक्नुहुन्छ । पहिलाको गीतले भन्दा यो गीतले धेरै दौडाएको छ । यो गीत गर्दा सबै भन्दा ठुलो धोका पाएको छु । र म यो गीत गर्ने क्रममा मलाई धोका दिनेलाई देखाउन चाहन्छु कि यो गीत कत्तिको राम्रो बन्यो भन्ने कुरा ।”

यता कमल अर्यल पनि धेरै खुशी देखिन्थे । ‘‘मन्को घाउ”को बिषयमा उनले भने – ‘‘ मनको घाऊ गर्दा जती दुःख भोगियो सायदैे त्यो दुःख आजसम्म कुनै गीत गर्दा पनि भोगिएको थिएन । भिडियोमा पनि मैले एक पछी आर्को नयाँ पन दिन खोजेको छु । मेहेनत उस्तै भएको छ र सफलता पनि ।” यत सुरेश सिग्देल भन्छन् – “ सच्चिकै यो गीतले धेरै दुःख पायो । आश गरेको गीत जस्ले गर्छु भनेर रचन गर्न लगायो उस्ले नै घात गर्यो तर पनि अलिकती हाम्रो साथ र हौसलाले ठुलो आँट गर्नु भयो नारायण भाईलाई म एकदम सम्मान गर्छु । आफुले नजनेको ठाउँमा हामीसँग सल्लाह लिने गर्नुहुन्छ उहाँ आँफै पनि गीतहरू श्रीजना गर्नुहुन्छ तर आँफैले सबै काम गर्दा अलिकती राम्रो हुँदैन भनेर मिलेर काम गर्नुपर्छ भन्नुहुन्छ । एक अर्थमा भन्नु पर्दा हामी तीन जन यो क्षेत्रमा तीन भाई नै भनेर चिनिने मौका पएका छौ र खुशी पनि लगेको छ ।”

“तिमीले जे भनेनी मान्छु“ जुन गीत किसान नेपालीको नामबाट बजारमा आएको थियो । त्यसमा पनि यो तीन जोडीलाई देख्न सकिन्थ्यो । जनता डिजिटल प्रा.ली. अनामनगर काठमाडौंका संचालक केशब सापकोटा भन्छन् — “ मैले जती पनि गीतहरू बजारमा पुर्यएको छु । सबै चर्चामा नै छन् । त्यसमा पनि यी तीन भाईले ठुलो सहयोग गरेका छन , जनत डिजिटललाई पारीचित गराउनमा । मलाई अरु गीतमा डाउट लग्ला तर सुरेश , कमल र नारायण नाम जोडीएका गीतहरु बजारमा ल्याउन मलाई कुनै आपत्ति हुँदैन । किनकी म यो कुरामा विश्वास्त छु कि यिनिहरुले कहिल्यै पनि नसोची काम नै गर्दैनन् र सोचेर, बुझेर गरेको काम सफल पनि हुन्छ ।

पोखरमा बसेर गीत गर्न गाह्रो हुँदैन ? भन्ने प्रश्नमा भट्टराई हाँस्दै भन्छन् —“ गारो नभइकन त घर पनि बन्दैन नि होइन र । ’’ किन काठमाडौं नै गर्नुहुन्छ पोखरमा काम गर्न सकिदैन र ? ‘‘पोखरमा काम गतिलो हुनु पर्यो नि होइन र ? हजारले काम हुन छोड्यो लख नै चाहिन्छ आजभोलि गीत गर्न । अनि के त्यो लगनी डुबाउनु छ र ? पोखरमा काम गतिलो हुने भए देखी काठमाडौं जानु हाम्रो रहर हो र ? होइन नि । आफ्नो अनुहार जस्तो भए पनि राम्रो आउँदैन भनेर आफ्नो मोबाईलले फोटो खिच्न छाडी–छाडी आर्काको मोबाईल खोज्दै जने हामी मध्य कोही क्वलिटिकै कारण सुन्नै झ्याउ लाग्दा गीत बजारमा ल्याइरहनु भएको छ ।”

क्यारी बिर्सम् त नी गीतमा प्रयको जिबन भोगाइ समेटेका यि तीन सर्जन नारायण भट्टराई , कमल अर्याल र सुरेश सिग्देलले अपेक्षा गरे जस्तै गीतले पनि सफलताको शिखर चुमोस् हाम्रो, शुभकामना ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस