पृथ्वीमान र पेमा जोडिलाई ‘फिप्टी प्लस’को उपाधी

  • पोखरा न्यूज
  • २०७२ पौष १३
Post Thumbnail

पोखरा, १३ पौष – 

पृथ्वीमान गुरुङ्ग र पेमा टाँसिको जोडिले पोखरामा जारी १३ औं पोखरा भेट्रान्स ओपन टेनिस प्रतियोगिता अन्तर्गत ५० वर्ष माथि डबल्सतर्फको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा राजेन्द्रसिंह भण्डारी र बिमल गुरुङ्गको जोडिलाई ६–२, ४–६ र सुपरटाईमा १०–६ ले पराजित गर्दै पृथ्वीमान जोडिले प्रतियोगिताकै पहिलो उपाधी आफ्नों नाम गराएको हो ।

प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथिको एकलतर्फ उपाधीका लागि बिदुर बिष्ट र पेमा टाँसि भिड्ने भएका छन् । बिदुरले विकाश राणालाई प्रतिस्प्रधात्मक खेलमा ६–४, ४–६ र सुपरटाईमा १४–१२ ले पराजित गर्दै अन्तिम दुईमा प्रवेश गर्दा पेमाले पोखराका शान्ता श्रेष्ठको चुनौतीलाई ४–६, ६–१ र १०–७ ले पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित पारेका हुन् ।

३५ वर्ष माथिको एकलतर्फ फाइनल प्रवेशका लागि महेश श्रेष्ठले कमल भण्डारीसंग तथा श्रीराम मगरले राजु श्रेष्ठसंग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । महेशले पोखराका राजन पौडेललाई ६–१, ६–४ ले पराजित गरे भने श्रीरामले रोहित सुनुवारलाई ६–१, ६–२ ले पराजित गरे । त्यस्तै राजु श्रेष्ठ गोर्खाले पोखराकै निरज थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । कमल भण्डारी यसअघिनै सेमिमा पुगेका थिए ।

३५ वर्ष माथिको डबल्स क्वाटरफाइनलपनि सोमबारनै सकिएको छ । खेलमा राजु श्रेष्ठ र कमल भण्डारी जोडिले एम श्रेष्ठ र डि शाहिको जोडिलाई ६–१, ६–२ ले पराजित गरे । त्यस्तै अनिल तुलाचन र समिर शेरचन जोडिले राजु श्रेष्ठ गोर्खा र चिरायु जंगबहादुर राणाको जोडिलाई ६–१, ६–७ र १०–३ ले पराजित गरे । राजन पौडेल र निरज थापाको जोडिले चन्द्र शाहि र गोपालदास मानन्धरको जोडिलाई ६–१, ६–३ ले तथा आत्माराम कार्की र देवेन गिरीको जोडिले श्रीराम मगर र राजकुमार घिमिरेको जोडिलाई ६–७, ६–२ ले पराजित गरेको आयोजक संघका सदस्य प्रकाश रानाले जानकारी दिए ।

यता, ४५ वर्ष माथिको एकलमा फाइनल प्रवेशका लागि धरमबहादुर लामिछानेले प्रदिप शाहसंग तथा सुनिल श्रेष्ठले राजु श्रेष्ठ काठमाण्डौसंग प्रतिस्पर्धा गर्ने भएका छन् । धरमले सिजर गुरुङ्गलाई ६–३, ६–१ ले, प्रदिपले राजु गुरुङ्गलाई ६–३, ६–२ ले, राजु श्रेष्ठले सुदर्शन विष्टलाई ६–१, ६–१ ले तथा सुनिलले समिर शेरचनलाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । ५० वर्ष माथिको एकलमा पृथ्वी थकालिले नरेन्द्र केसीलाई ६–०, ६–२ पराजित गरे भने अर्को खेलमा राजेन्द्रसिंह भण्डारीले सुसिल पाण्डेलाई वाकओभर दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस