पोखरामा १७ औं सडक महोत्सव जारी

  • पोखरा न्यूज
  • २०७२ पौष १४
Post Thumbnail

पोखरा, १४ पौष –

पर्यटकीय नगरी पोखरामा १७ औं संस्करणको सडक महोत्सव जारी रहेको छ । महोत्सवको आज दोश्रो दिन विभिन्न जातजातिको झाँकी सहित, लोकदोहोरो तथा पप कन्र्सट हुदै छ ।पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङका अनुसार पाल्पाको रामपुर बाट आएको दशावतार (बालम) हनुमान नृत्य, मगरको कौडा नृत्य वसुन्धरापार्क देखि लेकसाईडको करीब साँढे ३ किलोमिटर क्षेत्रमा दिउसो १ बजे देखि ५ बजेसम्म प्रस्तुतः हुदैछ । उनका अनुसार साँझ पछि खहरेमा पनि स्थानीय कलाकारको पप कन्र्सट हुने भएको छ । दोहोरी संयोजक भिमसेन भुजेलका अनुसार आज पुरुषोत्तम न्यौपाने, जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल सहित पोखरेली हाँस्य कलाकारको प्रस्तुती रहने भएको छ । मध्यान्हः १२ बजेदेखि वेलुका ६ बजेसम्म प्रजापति पराजुलीको संचालनमा उक्त दोहोरी कार्यक्रम हुदै छ । भोलि देखि बद्री पंगेनी, पशुपति शर्मा, सर्मिला गुरुङ लगायता गायक तथा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

ईभेन्ट म्यानेजमेन्ट संयोजक श्रीराम गिरीका अनुसार आज वसुन्धरापार्कमा वेलुका ६ बजेदेखि वेलुका १०ः३० बजेसम्म लाईभ व्याण्ड प्रस्तुत हुने भएको छ । मक्की ट्याम्पल, रविन एण्ड न्यु रेगुलेसन राष्ट्रिय स्तरको व्याण्डको साथमा जी नाईन स्थानीय व्याण्डको समेत प्रस्तुती रहने भएको गिरीले जनाए । उनका अनुसार भोलिदेखि भने सविन राई सहितका कलाकारको बेजोड प्रस्तुतीः रहने भएको छ ।

                                                  वेटर रेसमा परियार र गुरुङ प्रथम

यसै विच, सडक महोत्सवको अवसरमा मंगलबार पोखरामा आयोजना भएको वेटररेष्ट प्रतियोगितामा पुरुषतर्फ प्याराडाईज रेण्टुरेण्ड एण्ड वारका रामलाल परिवार र मलिहा तर्फको वेटररेष्ट प्रतियोगितामा गोर्खा रेष्टुरेण्टकी सरस्वती गुरुङ प्रथम भएकी छन । वेन्जन रेष्टुरेण्टका मिलन विके दोश्रो र वेन्जनकै असोक थापा तेश्रो भएका छन । त्यसै गरी महिला तर्फको वेटररेष्टमा वेन्जनकी श्रृष्टी थापा दोश्रो र प्याराडाईजकी कृसीका नेपाली तेश्रो भएको खेलकुद संयोजक हरी भुजेलले बताए । विजयी प्रतियोगिहरुले ५-५ हजार, उपविजेता भएका महिला-पुरुषले ३-३ हजार र तेश्रो स्थान हासिल गरेकाले २-२ हजार प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ १५ र महिला तर्फ भने ८ जना सहभागि भएको भुजेलले जनाए ।

अग्रेंजी नयाँ बर्षको अवसर आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा मनोरन्जनात्मक वाल उद्यान समेत रहेको छ । विसम परिस्थितीका बावजुत पनि आयोजना भएको सडक महोत्सवलाई सफल पार्न महोत्सव संयोजक दोर्जे लामाले सवैमा आग्रह गरेका छन । “सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएको सडक महोत्सवबाट बचत भएको केहि रकम सामाजिक क्षेत्रमा खर्चिने रेवान पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस