पोखरा, १४ पौष –
पोखरा अम्मरसिंहचोकमा रहेको युनाइटेड क्लवको आयोजनामा यही पुष अन्तिम साता देखि सुरु हुने छैठौ संस्करणको पोखरा महोत्सवको तयारी तिव्र पारिएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लवले उक्त महोत्सवको तयारी तिव्र पारिएको जानकारी गराएको हो ।
उक्त महोत्सवमा करीब २ सय २० वटा स्टलहरु मध्य हालसम्म एक सय भन्दा बढी स्टलहरु वुकिङ भएको क्लवका अध्यक्ष हिमालय वख्रेलले बताए । “युवाको जागर, राष्ट्र निमार्णको आधार” भन्ने मुल नाराका साथ पुष ३० देखि माघ १० गतेसम्म आयोजन हुने उक्त महोत्सवमा औधोगितक उत्पादनको प्रदर्शनी, विक्री, हस्तकला सामानको प्रदर्शनी, सुचना प्राविधिको प्रर्दशनी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुको विक्रि वितरण, पोखरा र पोखरा सहितका पर्यटकीय स्थलहरुको बारेमा जानकारी, विभिन्न जातजातिको कला संस्कृतिको प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेको क्लवका अध्यक्ष हिमालय वख्रेलले बताए । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती, वाल उद्यान, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, फुडकोर्डको व्याबस्था, हाँस्यकलाकारको प्रस्तुती, नेपालका ख्याती कमाउन सफल भएका व्याण्डहरुको समेत प्रस्तुती राखिने भएको छ ।
उक्त महोत्सव सम्पन्न गर्न ६१ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । महोत्सवबाट ९१ लाख आम्दानी गरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको अर्थ तथा स्टल व्याबस्थापन समितिका संयोजक राजु श्रेष्ठले बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यले अगाडी वढेको युनाइटेड क्लवले स्थापनाकालबाट शुरु गरेको महोत्सवदेखि पांचौ संस्करणको महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी मात्र १५ लाख रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष हिमालय बख्रेलले बताए । छैठौ संस्करणको महोत्सवबाट पनि २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागी छुट्याइने उनले बताए ।
उक्त महोत्सवबाट बचत भएको रकम शिक्षा क्षेत्र अन्र्तगत विभिन्न बिद्यालयमा छात्रबृत्ति प्रदान गर्दै आएको, स्वास्थ्य अन्र्तगत विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको उनले बतार्ए । खेलकुद अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको र खेल प्रतियोगिताहरुलाई सहयोग गर्दै आएको समेत अध्यक्ष वख्रेलले जनाए । पर्यटन मन्त्री आनन्दराज पोखरेलले सोमबार पोखराका पर्यटन व्यावसायीहरुसंगको अन्तरकृया कार्यक्रममा चिडीयाखाना निमार्णको लागि जग्गा खोज्दै गरेको भन्ने अभिव्यक्ति प्रति अध्यक्ष वख्रेलले गम्भीर आपती जनाएका छन । मन्त्रालयबाटै टोली आएर उक्त चिडीयाखानको शिलन्यास समेत भएको अबस्थामा मन्त्री जस्तो व्यक्तिले जथाभावी वोल्दा आफुहरुलाई निकै चोट पुगेको उनले बताए । कार्यक्रममा वोल्दै युनाइटेड क्लवका सचिव एवं महोत्सव प्रचार संयोजक लालकाजी गुरुङले आफुहरुले विसम परिस्थितीमा आयोजना गर्न लागेको महोत्सवको प्रचार प्रसार गर्न आग्रह गरे । छैठौ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्टले गर्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution