गायिका पुनको पहिलो गित सार्वजनिक

पोखरा, १४ पौष –
नँया गायिका माया पुनको पहिलो गित तथा म्युजिक भिडियो आज एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक गरीएको छ ।

‘म सग नेपाली मन छ’ बोलको गित नेपाली सुगम संगितका सदाबहार गायक कर्णदासले सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै गायक कर्णदासले भारतिय नाकाबन्दीको समयमा सार्वजनिक गरीएको यस गितले राष्ट्रप्रेमको भावना जागृत गराउने बताउनुभयो । गायिका माया पुनको गायकीको प्रशंसा गर्दै उहाले नेपाली सांगेतिक क्षेत्रमा गायिका पुनका प्रवेश उत्साहजनक रहेको धारणा राख्नुभयो । आयोजित कार्यक्रममा बोल्दै गायिका माया पुनले गितलाई उत्कृष्ट बनाउनको लागी गुणस्तरमा कुनै सम्झौता नगरीएको बताउनुभयो ।

मन क्षेत्रीको शब्दमा अर्जुन पोख्रेलले संगित गरेको सो गितको म्युजिक भिडियो लाई निर्देशक अपिल त्रिपाठीले निर्देशन गर्नुभएको हो । फलानो क्रियशनले तयार पारेको भिडियोमा केकी अधिकारी, मिलन थापा र बालकलाकार मन्दिप क्षेत्रीले अभिनय गरेका छन । भिडियोमा सरोज अधिकारीको छायङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । कार्यक्रममा गितकार मन क्षेत्री, निर्देशक अपिल त्रिपाठी लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button