पोखरामा सडक महोत्सवको दोस्रो दिनमा डुंगा प्रतियोगिता सम्पन्न

पोखरा, १४ पौष – पर्यटकीय नगरी पोखरामा जारी १७ औं संस्करणको सडक महोत्सवको अवसरमा मंगलबार आयोजना भएको डु्रंगा दौड प्रतियोगितामा हल्लनचोकको सुईमिङपुल समुह बी प्रथम भएको छ ।

फेवातालमा आयोजना भएको उक्त प्रतियोगितामा हल्लनचोकको सुईमिङपुल समुह बीमा सजेस कसजु, ब्रदेश कसजु र विमल भुजेल रहेका थिए । उक्त टीमले निर्धारित दुई किलोमिटर २० मिनेट २८ सेकेण्डमा दुरी पार गरी उपाधि सहित ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बाराहीघाट समुह बीले २० मिनेट ५६ सेकेण्डमा दुरी पार गरी दोश्रो भएको अफिसियल शुसिल पौडेलले बताए । दोश्रो भएको टिमले ७ हजार पुरस्कार प्राप्त गर्यो । टोलीमा विवेक गुरुङ, देव आले मगर र दिपक आले मगर रहेका थिए । बाराहीघाट जी तेश्रो भयो भने टिममा सहभागि धनबहादुर विक, केवल चौधरी र दिवस मगरले वसुन्धरापार्क देखि तालवाराही मन्दीरसम्म २१ मिनेट १ सेकेण्डमा दुरी पार गरी ५ हजार पुरस्कार प्राप्त गरे । बुधबार विभिन्न समुह बिच रस्साकसी प्रंतियोगिता हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button