लेखनाथ महोत्सव फागुनको पहिलो साता देखि

  • पोखरा न्यूज
  • २०७२ पौष १५
Post Thumbnail

पोखरा, १५ पौष –

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोग र सहभागितामा लेखनाथ महोत्सवको १२ औ सस्करण फागुन ५ गतेवाट संचालन हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा वसेको पौष १५ गते वसेको चौथो कार्यसमितिको वैठकले १२ औं लेखनाथ महोत्सव २०७२ फागुन ५ गते देखी १६ गते सम्म संचालन गर्ने निर्णय गरेको हो ।

वैठकले महोत्सवको मुल संयोजकमा संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीलाई जिम्मेवारी प्रदान गरेको छ साथै महोत्सव सम्पन्न गर्नका लागि आवश्यक पर्ने कार्यसम्पादन समिति, उपसमिति, सल्लाहकार समिति, निर्देशक समिति गठन गर्ने जिम्मेवारी पदाधिकारीको परामर्शमा अध्यक्षले गर्ने निर्णय गरेको छ ।

वैठकले पौष १६ गते २५ गते सम्म संघमा आवद्ध रहेका उद्योगी व्यवसायीहरुलाई मात्र १० दिन स्टल वुकिङ खूल्ला गरेको र त्यसपछि मात्र सम्पुर्ण अन्य व्यसायीका लागि स्टल खूल्ला गरेको छ ।

विगत २०६१ साल देखि निरन्तर रुपमा संचालन हुदैं आएको लेखनाथ महोत्सव लेखनाथको पहिचानको रुपमा रहेको १२ औं लेखनाथ महोत्सव भव्य सभ्य र व्यवस्थीत रुपमा संचालन गर्ने निर्णय गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस