पोखरा पौष १५ –
महोत्सबको शुरुको २ दिन केहि कम दर्शक देखिएतापनि महोत्सबको तेश्रो दिन बुधबार महोत्सब स्थलमा दर्शकको घुइचो लागेको छ। लगभग आज महोत्सबस्थल भरिभराउ देखिएको छ। सविन राई, बद्री पंगेनी, उमा गिरी, पार्वती जिसी, पोखरेली धुर्मुस माग्नेबुढा लगायत अन्य स्थानीय कलाकारले वसुन्धरापार्कमा भरपुर मनोरन्जन दिलाउदै दर्शक लाई नचाएका छन् ।
महोत्सब स्थलको सडकमा विभिन्न स्थानीय कलाकारले प्रस्तुति गरिरहेका थिए भने दर्शकको बाक्लो उपस्थिति रहेको थियो । महोत्सबमा ल्होसार पर्ब तथा नयाँ बर्षको अबसरमा मानिसहरु एकआपसमा शुभकामना बाडिरहेका देखिन्छन । भूकम्प र नाकाबन्दीले थलिएका पोखरेलीहरु यतिबेला सडक महोत्सब मार्फत फेरी जुर्मुराएको देखिन्छ ।
महोत्सब स्थलमा रहेको बालउद्यानमा रमाउदै बालबालिकाहरु
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution