२० औँ नगर परिषदको तयारी तिव्र

  • पोखरा न्यूज
  • २०७२ पौष १५
Post Thumbnail

पोखरा, १५ पौष –

पोखरा उप–महानगरपालिका कार्यालयले पोखरा उप– महानगरपालीका कार्यालय बालबालिका महिला तथा अन्य लक्षित समुह नगर भेला आज पोखरामा सम्पन्न गरेको छ ।

२० औ नगर परिषदको पूर्वतयारीका लागि राखिएको उक्त भेलाको उद्घाटन नगर बाल मञ्चका अध्यक्ष रश्मी भट्राई र उपाध्यक्ष मोहन पाण्डेले गनुभएको थियो ।

भेलामा २९ वटा वडाका बालबालिका , महिला र आर्थिक रुपमा विपन्न तथा आर्थिक एव् सामाजीक रुपमा पछाडी परेका ब्यक्तिहरुका प्रतिनिधिहरु कार्यक्रममा उपस्थित भएका थिए ।उपस्थिती व्यक्तिहरुले आ –आफनो क्षेत्रको विकासको लागि ल्याएको योजना लाई भेलामा प्रस्तुत गरेका थिए ।

पोखरा उप –महानगरपलिका कार्यालयका सामाजिक महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौड्यलले आउँदै गरेको २० औ नगर परिषदमा पोखराको विकासका लागि योजना समावेश गर्नका लागि योजना सङ्कलन गर्नका लागि भेला राखिएको बताउनु भयो । पौड्यलले नगरपालिकाले बालबालिका क्षेत्रमा १५ प्रतिशत र महिलाको क्षेत्रमा १० प्रतिशत बजेट छुटाउने बताउदै भेलामा आएका योजना लाई आफुहरुले छलफल गरेर प्राथमिकता दिईने बताउनु भयो । पौड्यलले अबको ३ वर्षमा पोखरा बालमैत्री हुने बताउदै महिला र अपाङ्ग मैत्री हुन आवश्यक रहेको बताउनु भयो ।

नेकपा माओवदीका शिव खनालले विपन्न वर्गका लागि योजना छनोट कसरी गर्ने भन्ने कुरा चुनौती पुर्ण रहेकाले त्यस प्रति गम्भीर रुपमा सोचेर योजना ल्याउनु पर्ने बताउनु भयो । टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले विपन्न वर्गको विकासका लागि योजना ल्याउन लागिएको राम्रो रहेको बताउनु भयो । जिल्ला अपाङ्ग समन्वय समितिका अध्यक्ष प्रेम परियारले पोखरा अपाङ्ग मैत्री शहर हुन सकेमा अन्र्तराष्ट्रिय क्षेत्रमा पोखराकै गौरव बढने बताँउदै यसप्रति नगरपालिकाले ध्यान दिनु पर्ने बताउनु भयो । नगर महिला समन्वय समितिका अध्यक्ष प्रवित्रा गुरुङ्गले योजना तयार पार्दा सबै वर्ग क्षेत्रको विकास गर्ने किसमको हुनु पर्ने बताउनु भयो । बालबालिको प्रतिनिधि रश्मी भट्टाराईले बालबालिकाका लागि बाल क्लब गठन गरेर मात्र नहुने उनीहरुका लागि आवश्यक तालिम दिनु पर्ने जोड दिनुभयो ।

पोखरा उप– महानगरपनलिका कार्यालयका सामाजिक महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौड्यलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उप– महानगरपनलिका शहरी शासन विज्ञ टेकनाथ सापकोटाले भेलाको बारेमा प्रकाश पार्नुभएको थियो भने नगर महिला समन्वय समितिका उपाध्यक्ष खेमकुमारी बरालले आफना भनाई राख्नु भएको थियो।

उक्त भेलामा स्वागत मनतव्य पोखरा उप–महानगरपालिकाको गरिबी निवारण शाखाको प्रमुख सबिता ढुङागानाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख दुर्गा न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा छुनुमुनु नारी सेवा केन्द«, नेष्टले सहजीकरण गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस