ट्याक्टर दुर्घटनाबाट पोखरामा एक वालकको मृत्यु

पोखरा १६, पुष
ट्याक्टर दुर्घटनाबाट पोखरामा एक वालकको मृत्यु भएको छ । पोखरापार्दी बरालफिड अगाडीको सडकमा साईकल चलाउदै गरेका ७ बर्षीय सक्नील गुरुङको बुधबार ट्याक्टरले ठक्कर दिदा उनको उपचारको क्रमा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १ त १६७४ नम्वरको ट्याक्टरले साईकल चलाउदै गरेका वालकलाई ठक्कर दिदा गम्भीर घाईते भएका गुरुङको उपचारकै क्रममा बुधार नै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमाटमको लागि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । ट्याक्टर चालक जयाविर चौधरीलाई कास्की प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button