पोखरामा एक वेवारिषे शव भेटियो

पोखरा, १६ पौष –

पोखरामा एक जना युवाको वेवारिषे शव भेटिएको छ । पोखरा काहुँखोला दुईकुलाको मुहानमा हिजो वेलुका वेवारिषे अबस्थामा एक जना युवाको शव भेटिएको प्रहरीले जनाएको छ । नहरले बगायर ल्याएको अबस्थामा भेटिएको उक्त शव आयन मुलको जस्तो देखिने रहेको स्थानीय राम अधिकारीले बताए ।

करीब २५ बर्षको उमेर समुहमा पर्ने देखिने उक्त व्यक्तिको शरीरमा घिऊ कलरको ज्याकेट, निलो ट्राउजर लगाएको अबस्थामा भेटिएको हो । उनको शव हाल पश्चिमाञ्चल क्षत्रिय अस्पतालमा रहेको प्रहरी हवल्दार सुजन घिमिरेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button