रेडियो बाराहीका सञ्चारकर्मीमाथी पोखरामा आक्रमण

पोखरा, १६ पौष  –

रेडियो बाराहीका प्राविधिक साखामा कार्यरत सञ्चारकर्मी टिका थापा मगरमाथी बुधबार राती आक्रमण भएको छ । राति रेडियोको नियमित काम सकेर फर्कदै गर्दा थापा माथि पोखराको नागढुंगा नजिकै मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले आक्रमण गरेका हुन् ।

आक्रमणबाट उहाँको टाउको र निधारमा गंभिर चोट लागेको छ । उहाँको अहिले मणिपाल शिक्षण अस्पताल फूलबारीमा आकस्मीक कक्षमा उपचार भइरहेको छ । प्रविधिक टीका थापा मगर माथि भएको आक्रमणको रेडियो बाराही निन्दा र भ्रत्सना गर्दछ ।

आक्रमणमा सम्लग्न जो केही भएपनि यथासीर्घ पक्राउ गरी कडा भन्दा कडा कारवाही होस् । यस्ता आक्रमणले सम्पूर्ण सञ्चार गृहमा काम गर्ने प्राविधिक, सञ्चारकमी र कर्मचारीमा असुरक्षित महसुस गराएको रेडियो बाराहीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति उल्लेख छ  ।

सञ्चार माध्यममा कार्यरतहरुनै असुरक्षित हुनुपर्ने अवस्थाले शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको प्रष्ट पार्दछ । आक्रमणमा सम्लग्नलाई यथासिर्घ पक्राउ गरी सञ्चार माध्यममा कार्यरत कर्मचारी मात्र होइन, सर्वसाधारणमा समेत आफु हिडडुल गर्दा सुरक्षित भएको महसुस् प्रसासनले गराउनु पर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button