पोखरा, १६ पौष –
पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यसपटक माघको तेस्रो साता हुने भएको छ ।
संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले माघ २१ देखि ३० गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२, आयोजना गर्ने निर्णय गरेको हो । मेला पोखरा–९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ । संघका महासचिव रवीन्द्रबहादुर प्रजुका अनुसार देशमा जारी असहज परिस्थितिका कारण संघले मंसिर महिनामै आयोजना गर्ने मेलालाई पछाडि सारिएको थियो । संघको ६२ औँ वार्षिकोत्सव समेत माघ २५ गते लाई समेत मध्यनजर राख्दै मेला आयोजनाको मिति तय गरिएको महासचिव प्रजुले बताए ।
पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो ।
राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ पोखराको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पूष्प मेला, अटामेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।
साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, बाल उद्यान तथा साथमा स्थापित हाँस्यकलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको महासचिव प्रजुले जनाए ।
पोखरा उद्योग बाणिज्य संघले १८ वर्ष पहिला नेपालमै पहिलो पटक संस्थागत रुपले मेला र महोत्सवको अवधारणा भित्र्याएको हो । संघले सुरु गरेको अवधारणा अहिले देशब्यापी भएको छ । आर्थिक गतिविधी चलायमान बनाउन मेला र महोत्सव सहायक हुन्छ भन्ने सोचका कारण मेलाको अवधारणा ल्याइएको हो । मेला र महोत्सवहरु नूतन ब्यवसायीक सोचको विकास गराउन र उपभोक्ता र उत्पादकलाई एकै थलोमा ल्याउन सफल भएको पोखरा उद्योग वाणिज्य संघको ठम्याई रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution