हेल्पिङ ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभा सम्पन्न

पोखरा, १६ पौष – 

हेल्पिङ ह्यान्ड्स फर नेपाल–नर्वेको पुष १५ गते आयाजित प्रथम साधारण सभाले गोरख चन्दको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । नर्वेको राजधानी ओस्लोमा सम्पन्न साधारण सभाले समितिको उपाध्यक्षमा सुदिप पाण्डे, दिपक महत र विश्वास बजगाई , महासचिवमा कृष्ण श्रेष्ठ, सचिवमा मिसर लामिछाने र कोषाध्यक्षमा निर्मल पौडेल लाई चयन गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

यसैगरी समितिका सदस्यहरुमा भिमसेन सारु, पदम सुवेदी, संजीव अधिकारी, महेश बटु, विष्णु गौतम, मनोज अधिकारी, विकास चन्द्र भट्राई, ज्ञानू गौतम, रत्न सापकोटा, जितेन्द्र शाही, राजन श्रेष्ठ, प्रतिक्षा के.सी, खेम तिमिल्सना रहेका छन् ।

आयोजित साधारण सभाका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पण्डितले हेल्पिङ ह्यान्ड्स फर नेपाल–नर्वेद्धारा सम्पन्न गतिविधिहरुको प्रशंसा गर्दै आगामी दिनमा एन.आर.एन पनि सहकार्य गर्न इच्छुक रहेको बताए । नवनिर्वा्चित अध्यक्ष गोरख चन्दले विदेशमा रहेका नेपालीहरुले आफ्ना स्वदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न एकजुट हुन आग्रह गर्दै आर्थिक सहयोग गर्दा पैसा मात्र नभई भावना पनि जोडिने विचार व्यक्त गरे ।

उक्त साधारण सभामा मदन आचार्यले संस्थाको गतिविधिबारे जानकारी गराए भने दिपक महतले संस्थाको आय–व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति नर्वे, प्रवासी नेपाली मंच, जनप्रगतिशील मंच, विवेकशील नेपाली, नेपाली विद्यार्थी समुदाय ओस्लो। नेपाली र्पोचुगिज समाजका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सन् २०१३ मा स्थापित यस सामाजिक संस्था, हेल्पिङ ह्यान्ड्स फर नेपाल–नर्वेले नेपालको शिक्षा क्षेत्र, नेपाली संस्कृतिको प्रर्वद्धन र प्राकृतिक विपत्ति जस्तै भुकम्प पिडितहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button