पोखरा, १७ पौष –
पर्यटकीय नगरी पोखरामा जारी सडक महोत्सवको मुख्य दिन हिजो विहिबार एकै दिनमा एक लाख भन्दा बढी दर्शकहरु महोत्सवमा सहभागि भएका छन । आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको उक्त महोत्समा अगेेंजी नयाँ बर्षको स्वागतमा पोखरा, पोखरा आसपासका तथा अन्य क्षेत्रबाट महोत्सवमा विहिबार एक लाख भन्दा बढी दर्शकहरु भित्रिएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए ।
गएराति १२ बजे देखि अगेंजी नयाँ क्यालेण्डर सन २०१६ सुरु भएको छ । यो अवसरमा अगेंजी नयाँ बर्षको स्वागतमा पोखरेलीको साथमा आन्तरीक तथा बाह्यि पर्यटकहरु पोखराको लेकसाईडमा विहानै देखि राति अवेरसम्म दर्शकहरुको अत्याधिक भिडभाड भएको थियो । पोखरा क्ष्ोत्रका होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुले भने आगन्तुक पाहुनाहरुको स्वागतको लागि लेकसाइडको सडक पेटीमा कुर्सी टेवल राखेर बिभिन्न खानाका परिकारको साथमा मनोरन्जन दिएका थिए । हिजो सडक महोत्सवको मुख्य दिनको रुपमा पोखराका पर्यटक स्तरीय होटलहरु सवै जसो भरीभराउ भएका थिए ।
दार्जलीङबाट आएका विपुल क्षेत्री, नेपालका चर्चीत व्याण्ड अनुप्रस्ता, मङकी ट्याम्पल सहित स्थानीय व्याण्डकोे प्रस्तुतीले वसुन्धरा पार्कमा हिजो राति १ बजेसम्म हजारौं दर्शकहरु कलाकारको प्रस्तुतीलाई साथ दिदै मनोरन्जन लिएका थिए । महोत्सवमा मनोरन्जनात्मक वाल उद्यान समेत रहेको छ । अन्य दिनमा रातिको प्रबेस शुल्क १ सय भएकोमा विहिबार २ सय ५० राखिएको थियो । वसुन्धरापार्कमा पनि वालवालीका देखि युवा तन्नेरीको भिडभाड लागेको थियो । “सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएका सडक महोत्सवमा आजदेखि महोत्सव समापन हुदै छ । उक्त महोत्सवमा सहभागि हुने पोखरेलीहरुको लागि पोखरा वस व्यावसायी समितिले रात्रिकालिन सेवा दिदै आएको छ । यसै क्रममा हिजोराति २ बजेसम्म पोखरा माईक्रोवसले सेवा दिएको समितिका अध्यक्ष रमेश गिरीले बताए । दिवा सेवाकै भाडामा बृद्धि नगर्ने गरी सेवा दिएको उनले बताए । विहिबार महोत्सवमा एक लाख बढी दर्शकहरु भित्रिने भएकोले आफुहरुले सुरक्षाको राम्रो व्याबस्था मिलाएको सुरक्षा समितिका राजेन्द्र ढकालले बताए ।
सडक महोत्सवको आज (सुक्रबार) समापन हुदै छ । सुक्रबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित विभिन्न कालाकारहरुले महोत्सवमा सहभागिहरुलाई मनोरन्जन दिदैछन । असहज परिस्थितीका बाबजुत पनि आफुहरुले आगन्तुक पाहुनाहरुलाई हासि खुसिका साथ सेवा दिदै आएको महोत्सवमा आफुहरुले सोचे भन्दा बढी आन्तरीक पर्यटक सहभागि भएको महोत्सव संयोजक दोर्जे लामाले बताए ।
पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङका अनुसार सुक्रबार तामाङको सेलो नृत्य , तामाङ लामाद्धारा दिगो शान्तिको कामना सहित शान्ति ध्वनी, मगर जातिको कौडा नृत्य, गुरुङ जातिको छ्याडु नृत्य, र पन्चे बाजा समेत लेकसाईडको करीब साँढे ३ किलोमिटर क्षेत्रमा प्रस्तुतःहुदै छ ।
दोहोरी संयोजक भिमसेन भुजेलका अनुसार सुक्रबार राष्ट्रिय गायक प्रकाश सपुत, कृष्ण गुरुङ, कुमार पुन सहित स्थानीय कलाकारमा प्रजापति पराजुली , जिवन दाहाल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगना, विजय केसी, केशव घिमिरे, सविता गुरुङ, रतिमाया खड्का, नेत्रपाणि बाँस्तोला लगायतका कलाकाहरुको प्रस्तुती रहने भएको छ । त्यसै गरी हाँस्यकलाकारमा भद्रगोल युनिटका कुमार कंटेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) रहेका छन । ईभेन्ट म्यानेजमेन्ट संयोजक श्रीराम गिरीका अनुसार वसुन्धरापार्कमा सुक्रबार निमा रुम्वा र स्थानीय कलाकारहरुको वेलुका १० बजेसम्म पप कन्र्सट हुने भएको छ ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीका अनुसार स्थानीयहरुको बाक्लो उपस्थितीको कारणले गर्दा विहिबार एक दिनको लागि ९० प्रतिशत भन्दा बढी होटलहरुको अकुपेन्सी भएको थियो । पोखरा क्षेत्रबाहिरबाट आउने कम पर्यटकहरु भएको कारणले गर्दा आज सुक्रबार पोखरा क्षेत्रको होटलको अकुपेन्सी ५० प्रतिशतमा झरेको दाबी गरे । उनका अनुसार तारे होटलहरु र केहि ठुला होटलहरुमा आज र भोलिसम्म करीब ७० देृखि ८० प्रतिशत अकुपेन्सी रहे पनि साना र मध्यम होटलहरुमा ५० प्रतिशत भन्दा कम अकुपेन्सी रहेको छ ।