आर्वा विजय माविको वार्षिकोत्सव

पोखरा, १७ पौष -

पोखरा उप—महानगरपालिका वडा नम्बर २२ मा रहेको आर्वाविजय माविको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार भएको छ ।

कार्यक्रममा सांसद चुडामणि जंगलीले शिक्षा क्षेत्र र विद्यालयको विकासमा सबै राजनीतिककर्मी, समाजसेवी लाग्नुपर्नेमा जोड दिदै विद्यालयको पर्खाल निर्माण गर्न सांसद विकास कोषबाट ७ लाख रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले शिक्षालाई सबैले व्यवहारिक रुपमा उर्तानु पर्ने बताउनुभयो ।

उक्त अवसरमा विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट, जेहेन्दार र विद्यालयले आयोजना गरेको प्रतियोगिताहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । साथै विद्यालयलाई भोतिक र आर्थिकसहित विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले बार्षिक प्रतिवेदन र विद्यालयका लेखा शिक्षक चन्द्रउदय बरालले आिर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा, नागरिक वडा समन्वय समितिका संयोजक हरिबहादुर बराल पूर्व शिक्षक रामबहादुर अधिकारी, अमरज्योती प्रा.वि.का प्रधानाध्यापक कृष्णप्रसादबराल, धनुबास प्राविका प्रधानाध्यापक हरिप्रसाद बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य तारा बराल, नेकपा—माओवादीका वडा संयोजक कोपिला बराल विद्यार्थीहरु मनोज अधिकारी र रिता क्षेत्री लगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक बालकृष्ण विक र सञ्चालन शिक्षक विश्वराज पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा अभिभावकबीच कुर्सी दौड प्रतियोगिता भएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button