लायन्स क्लव अफ पोखरा पिस सिभिकको निःशुल्क आँखा शिविर

पोखरा, १७ पौष –

लायन्स क्लव अफ पोखरा पिस सिभिकको आयोजनामा कास्कीको माझठाना गाविसमा निःशुल्क आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।

उक्त शिविरको लायन्स क्लव ३२५ बि को सेकेन्ड भाइस डिष्ट्कि गभरनर एमजेएफ लायन धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै आचार्यले लायन्स क्लव पिस सिभिकले आँखा शिवर सञ्चालन गरेकोमा धन्यवाद दिँदै थप सेवा मूलक उदाहरणीय कार्यमा जुट्न आग्रह गरेका थिए । कार्यक्रममा लायन्स क्लव पिस चौतारिका अध्यक्ष धनन्जय पौडेल, सोही क्लवका पूर्व अध्यक्ष एमजेएफ लायन विनोद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्लवका अध्यक्ष पवित्रराज तिवारीको अध्यक्षतामा सम्पन्न आँखा शिविर उद्घाटन कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विक्रम थापा र संचालन सचिव युवाराज खनाले गरेका थिए ।

सो आँखा शिविरमा तीन सय ६१ जनाले आँखा परिक्षण गराएको मध्ये १६ जना मोतिया विन्दूको बिरामी भेटिएको क्लवले जनाएको छ । उक्त परिक्षणमा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । साथै क्लबले निशुल्क औषधि वितरण गर्नुका साथै १०५ वटा चश्मा समेत निशुल्क वितरण गरियको थियोर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button