प्रगति टोलका युवा समुहको सांस्कृतिक कार्यक्रम

  • पोखरा न्यूज
  • २०७२ पौष १७
Post Thumbnail

पोखरा, १७ पौष –

पोखरा ७ प्रगति टोलको युवा समुहले नयाँ वर्षको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रकम संकलन गरी टोलमा देखिएको खानेपानीको अभावलाई न्यूनिकराण गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा युवाहरुले सांस्कृतिक नाच-गान प्रस्तुत गरे । आशिष भूजेलको टोलीले लाइभ कन्सर्ट प्रस्तुत गरी कार्यक्रमको रोचकता बढाएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि घारीपाटन टोल विकास समितिकी अध्यक्ष प्रभा पन्तले प्रगति टोलका युवाहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सरहानीय रहेको बताइन् । युवाहरुलाई जागरुक बनाउन प्रगति टोल विकास समितिले उल्लेखनीय भूमिका खेलेको उनले जनाइन् । पोखरा उप महानगरपालिकाले हालै वितरण गरेको ग्याँस उपभोक्ता कार्डमार्पmत टोलवासीले सहज रुपमा ग्याँस पाउन सक्ने पन्तले विश्वास व्यक्त गरिन् । प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रकाश भूजेलले युवाहरु रोचक कार्यक्रमका साथ साथै सामाजिक कार्यक्रममा पनि समावेस हुनुपर्ने खाँचो औंल्याए ।

सो अवसरमा टोलकी वृद्ध सदस्य कामिरी गुरुङ्, आर्थिक सहयोगदाताहरु आरती थापा, गोपाल परियार, निरु थापा, राज परियार र अमर लामालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । प्रगति युवा समुहका अध्यक्ष नेतृ बहादुर सुनारको सभापतित्वमा आयोजित सो कार्यक्रमको सञ्चालन युवा समुहकी सृजना थापाले गरेकी थिइन् । कार्यक्रममा तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठ लगायतका वक्ताले मन्तव्य राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस